पछिल्ला दुई दिनदेखि सुन र चाँदीको मूल्यमा निरन्तरको उच्च वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबारको बजारमा सुनको मूल्य प्रतितोला २ लाख ६५ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १९५ रुपैयाँले बढेको छ। आजको बजारमा चाँदी प्रतितोला ४ हजार ८८० रुपैयाँमा खरिद–बिक्री भइरहेको छ । सोमबारको बजारमा भने चाँदी प्रतितोला ४ हजार ६८५ रुपैयाँमा खरिद–बिक्री भएको थियो ।
