संसदीय चुनावमा शेयर बजारलाई मुख्य मुद्दा बनाउने ट्रम्पको घोषणा, विश्वमै पहिलो पटक शेयर बजार मुख्य 'एजेण्डा' बन्दै

Jan 08, 2026 05:42 PM mero lagani



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ मा हुने संसदको (कंग्रेस)को चुनावमा आफ्नो पार्टी (रिपब्लिकन पार्टी)लाई जिताउनको लागि शेयर बजारको मुद्दालाई चर्काउने संकेत गरेका छन् । 

यो अमेरिकाको मात्रै होइन, विश्वको कुनै पनि देशमा शेयर बजारको विषय प्रमुख मुद्दा बन्न लागेको पहिलो घटना हुनेछ ।

यसअगाडि धेरै देशहरुका चुनावमा राजनीतिक पार्टीहरुले आफ्ना घोषणा पत्रहरुमा शेयर बजारको सुधारको कुरा उठाए पनि त्यसलाई प्रमुख मुद्दा भने बनाएका छैनन् ।

साथै उनले आफ्नो पार्टीले चुनाव नजिते आफूमाथि महाभियोग लाग्न सक्ने आशंका पनि गरेका छन् । ट्रम्पले २०१७–२०२१ को पहिलो कार्यकालमा डेमोक्र्याट बहुमत रहेको प्रतिनिधिसभाबाट दुईपटक महाभियोग खेपेका थिए । त्यस्तै ट्रम्प मध्यावधि चुनाव हारेमा फेरि त्यस्तै घटना दोहोरिने डरमा रहेको देखिएको छ ।

मंगलबार रिपब्लिकन सांसदहरूको भेलामा राष्ट्रपति ट्रम्पले आगामी मध्यावधि चुनावमा पार्टीले नजिते डेमोक्र्याटहरूले आफूमाथि महाअभियोग लगाउने निश्चित रहेको दावी पनि गरे । डेमोक्रेटिक पार्टीले मध्यावधि चुनाव जिते म माथि महाभियोग लगाउने निश्चित छ ।

राष्ट्रपति चुनाव जित्नेले मध्यावधि चुनाव हार्छ भन्ने दाबी गरिरहेका छन् । ‘म अमेरिकी जनताको मनोविज्ञान के हो भनेर बुझ्नै सक्दिनँ,’ ट्रम्पले भने ।

महँगी र अरुदेशसँग शुरु गरेको व्यापार युद्धलगायतका विषयमा खासै चर्चा नगरेका ट्रम्पले रिपब्लिकन पार्टीले चुनाव जित्नको शेयर बजारको सुधारको एजेण्डालाई मुख्य चुनावी मुद्दा बनाउनुपर्ने बताएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ। साथै उनले लैंगिक नीति, स्वास्थ्य सेवा र निर्वाचनको निष्पक्षताजस्ता विषयमा पार्टी एकजुट भएर जनताको समर्थन जित्नुपर्ने बताए ।

अमेरिकी कंग्रेस (प्रतिनिधिसभा) मा ट्रम्पको रिपब्लिकन पार्टीसँग सामान्य बहुमत छ । त्यसकारण पार्टीभित्रको आन्तरिक मतभेद त्यागेर आफ्ना नीतिहरू प्रभावकारी रूपमा जनतामाझ लैजान ट्रम्पले रिपब्लिकन सांसदहरूलाई आग्रह गरेका हुन् ।

हाल रिपब्लिकनसँग प्रतिनिधिसभामा पाँच सिटको मात्र बहुमत छ ।

आउंदो नोभेम्बर ३ मा अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभका सबै ४३५ जिल्ला र अमेरिकी सिनेटका ३३ सिटमा निर्वाचन हुँदैछ ।

स्मरण रहोस् गत वर्ष ट्रम्प राष्ट्रपति निर्वाचित भएपछि शुरुका दिनहरुमा अमेरिकी शेयर बजार निकै घटेको थियो । तर, पछि त्यसले लय समातेर सकारात्मक दिशामा गएको थियो । अमेरिकाका ठूला ५०० कम्पनीहरुको शेयर सूचकांक S&P 500 समग्रमा १७ प्रतिशतभन्दा धेरै बढेको थियो भने Nasdaq Composite ले लगभग २० प्रतिशत भन्दा धेरै बढेको थियो । त्यहीकारण शेयर बजार विश्लेषकहरु सन् २०२५ लाई अमेरिकी शेयर बजारको लागि उत्साहप्रद वर्षको रुपमा लिएका छन् ।




एनआईसी एशिया बैंकले ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने

Jan 04, 2026 10:41 AM

एनआईसी एशिया बैंक लिमिटेड (NICA) ले ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ।

बैंकले हाल कायम चुक्ता पूँजीको २ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न नेपाल राष्ट्र बैंकसँग अनुमति मागेको छ।