वैदेशिक भ्रमण अस्वीकार गर्दै शिक्षामन्त्री महावीर पुनले भने- विदेश घुमेर अर्थतन्त्र बन्दैन

Jan 09, 2026 02:31 PM merolagani



शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सङ्कटपूर्ण रहेको अवस्थामा आफू कुनै पनि वैदेशिक भ्रमणमा नजाने घोषणा गरेका छन्। 

सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले इजरायल र साउदी अरबबाट आएका दुई महत्त्वपूर्ण निमन्त्रणालाई अस्वीकार गरेको जानकारी दिएका हुन्। मन्त्री पुनलाई इजरायलको जेरुसेलममा आगामी फेब्रुअरी ४-६ मा आयोजना हुने ‘EducAIton २०२६’ र साउदी अरबको रियादमा मे ३-४ मा हुने ‘Human Capability Initiative (HCI)’ मा सहभागी हुन औपचारिक निमन्त्रणा आएको थियो। तर, उनले ती कार्यक्रममा सहभागी नहुने अडान लिएका छन्। मन्त्री भए यता आफूलाई आएका पाँच वटा वैदेशिक भ्रमणका प्रस्तावमध्ये कुनैमा पनि सहभागी नभएको उनले स्पष्ट पारेका छन्।

आफ्नो पोस्टमा आक्रोश व्यक्त गर्दै उनले लेखेका छन्, "देशको अर्थतन्त्र नसुधारेसम्म जोसुकै प्रधानमन्त्री वा अर्थमन्त्री आए पनि केही प्रगति हुनेवाला छैन, किनभने केही गर्न पैसा चाहिन्छ। के विदेश घुमेर अर्थतन्त्र बन्छ ?" उनले वैदेशिक भ्रमणमा खर्च गर्नुभन्दा देशको आन्तरिक आर्थिक अवस्था सुधार्न प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन्। सार्वजनिक पदमा बसेर पनि सरकारी खर्चमा हुने विदेश भ्रमण त्याग्ने मन्त्री पुनको यो कदमको सामाजिक सञ्जालमा प्रशंसा भइरहेको छ।

 




एनआईसी एशिया बैंकले ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने

Jan 04, 2026 10:41 AM

एनआईसी एशिया बैंक लिमिटेड (NICA) ले ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ।

बैंकले हाल कायम चुक्ता पूँजीको २ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न नेपाल राष्ट्र बैंकसँग अनुमति मागेको छ।