Mon, Jan 12, 2026
हिमालयन लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण नगर्ने भएको छ ।
कम्पनी सञ्चालक समितिको पुस २५ गते बसेको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो।
अब सोही बमोजिम वित्तीय विवरण स्वीकृतिका लागि नेपाल बीमा प्राधिकरणमा पेस गर्ने निर्णय पनि कम्पनीले गरेको छ ।
पुस २५ गते, शुक्रबार, सालपा विकास बैंक लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। बैंकले सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको आईपीओ यस दिन बाँडफाँट भएको हो।