उनले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्नु दुई दिनअघि काठमाडौं महानगरको मेयर पदबाट राजीनामा दिने तयारी गरेको उनको सचिवालयले जनाएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका मेयर बालेनलाई पार्टीले आगामी निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार समेत घोषणा गरेको छ । बालेनले एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा–५ बाट चुनाव लड्ने चर्चा छ ।