नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ७६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबारको बजारमा सुन प्रतितोला २ लाख ७४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । सोमबार कायम रेकर्डलाई ब्रेक गर्दै सुनको मूल्यले यस दिन नयाँ रेकर्ड बनाएको हो ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १४५ रुपैयाँले बढेको छ । चाँदीको मूल्य निरन्तर तेस्रो दिन रेकर्ड बनाउँदै बढेको हो । आजको बजारमा चाँदी प्रतितोला ५ हजार ३४० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबारको बजारमा भने चाँदी प्रतितोला ५ हजार १९५ रुपैयाँमा खरिद–बिक्री भएको थियो। सो रेकर्डलाई ब्रेक गर्दै चाँदीको मूल्यले यस दिन नयाँ रेकर्ड बनाएको हो ।
