Fri, Jan 16, 2026
सोलु हाइड्रोपावरमा शुक्रबासम्म सवा १८ लाखको आवेदन परेको छ । सीडीएससीका अनुसार ८२ लाख कित्ता शेयरको लागि आवेदन माग भएकोमा १८ लाख २६ हजार ८८० आवेदकबाट २ करोड २६ लाख ५० हजार ६ सय कित्ता शेयरको लागि आवेदन परिसकेको छ । यो माग भन्दा २.७६ गुणा बढी हो ।
कम्पनीको शेयर निष्काशक तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैकिङ लिमिटेड रहेको छ। कम्पनीको शेयरमा आइतबार कार्यालय समयसम्म आवेदन दिन सकिने छ ।
बाबुकृष्ण महर्जन
पछिल्लो समय हाइड्रोपावर कम्पनीले ऋण तिर्ने र अन्य हाइड्रोपावर आयोजनामा लगानी गर्ने उद्देश्यले धमाधम हकप्रद शेयर निष्काशन गरिरहेका छन् । कतिपय हाइड्रोपावर कम्पनीले पहिला निष्काशन गरेको हकप्रद शेयर सूचीकृत नहुँदै थप हकप्रद शेयर समेत घोषणा गर्न थालेका छन् भने कतिपयले वर्षेनी जस्तो हकप्रद शेयर निष्काशनको घोषणा गरिरहेका छन् ।