Sun, Jan 18, 2026
नेपाली कांग्रेसको देउवा समूह पार्टीको आधिकारिकता दाबी गर्दै आइतबार (आज) सर्वोच्च अदालत पुगेको छ । निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई आधिकारिकता दिने गरी गरेको निर्णय अवैध रहेको जिकिरसहित देउवा समूह रिट लिएर सर्वोच्च गएको हो ।
गत पुस २७ देखि पुस ३० सम्म काठमाडौंमा सम्पन्न विशेष महाधिवेशनले गगन थापालाई सभापतिमा निर्वाचित गर्दै नयाँ कार्यसमिति चयन गरेको थियो । त्यसकाे बिरुद्धमा देउवा समूह सर्वाेच्च गएकाे हाे ।
केही दिनदेखि चलिरहेको नेपाली कांग्रेस भित्रको तमासाको पटाक्षेप अझै हुन सकेको छैन ।