निर्वाचन कार्यतालिका स्थगन गर्न माग गर्दै पूर्वमहान्याधिवक्ता खम्मबहादुर खाती नेतृत्वको टोलीलाई आयोग पठाइएको देउवा समूहका एक नेताले बताए ।
माघ ६ गतेलाई निर्वाचन आयोगले प्रत्यक्षतर्फको उम्मदवारी दर्ता गर्ने मिति तोकेको छ । तर, कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको समूहलाई आयोगले मान्यता दिएपछि देउवा समूह त्यसविरुद्ध रिट लिएर सर्वोच्च अदालत पुगेको छ । रिटको पेसी माघ ६ गतेलाई तोकिएको छ ।