इम्पेरमेन्ट चार्ज बढेपछि लक्ष्मी सनराइज बैंकको खुद नाफा ऋणात्मक

Jan 29, 2026 04:21 AM Merolagani



लक्ष्मी सनराइज बैंक लिमिटेड (LSL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार सो अवधिसम्ममा बैंकको खुद नाफा ऋणात्मक रहेको छ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले २७ करोड ३६ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब १६ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी सामान्य बढेपनि इम्पेरमेन्ट चार्ज उल्लेख्य बढेका कारण बैंकको खुद नाफा ऋणात्मक भएको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १.१४ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी १८.१५ प्रतिशत बढेको छ। त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ९.४४ प्रतिशत बढेको छ। समीक्षा अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज १ अर्ब ७९ करोड ३० लाख रुपैयाँबाट घटेर ४ अर्ब ४७ करोड ३० लाख रुपैयाँ पुगेको छ। जसका कारण बैंकको सञ्चालन मुनाफा १५ करोड ९८ लाख रुपैयाँ ऋणात्मक भएको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि ऋणात्मक भएको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी २ रुपैयाँ ४ पैसा ऋणात्मक रहेको छ। पुस मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १६६ रुपैयाँ २३ पैसा रहेको छ। त्यस्तै, सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ८४ करोड २७ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

२६ अर्ब ७८ करोड ११ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १७ अर्ब ७३ करोड ८२ लाख रुपैयाँ सञ्चित छ। पुस मसान्तसम्ममा बैंकले ३ खर्ब ८४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ८७ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ।




शेयर बजार आईतवार बन्द हुने, यस्ता छन् मन्त्रिपरिषद् बैठकका अन्य निर्णय

Apr 05, 2026 02:46 PM

सरकारले हप्तामा दुई दिन बिदा दिने भएको छ । मन्त्रिपरिषद्को आईतवार बसेको बैठकले पेट्रोलियम आपूर्तिमा उत्पन्न असहजताका कारण चैत २३ गतेबाट लागू हुनेगरी सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा शनिवार र आईतवार बिदा दिने निर्णय गरेको हो । अब शेयर बजार आईतवार बन्द हुने भएकाे छ ।