ब्याज आम्दानीसँगै घट्यो स्ट्याण्डर्ड चार्टर्डको नाफा, वितरणयोग्य नाफा कति?

Jan 29, 2026 06:26 AM Merolagani



स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेड (SCB) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा र ब्याज आम्दानी दुबै गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १ अर्ब ६४ करोड रुपैयाँ खुद नाफा कमाएको यस बैंकले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा १ अर्ब ३७ करोड रुपैयाँ खुद नाफा कमाएको छ। समीक्षा अवधिमा बैंकको यस्तो नाफा १६.२९ प्रतिशत घटेको हो।

खुद ब्याज आम्दानी घटेको र इम्पेरमेन्ट चार्ज बढेका कारण बैंकको खुद नाफा घट्न पुगेको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ९.१३ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी ११.५४ प्रतिशत बढेको छ। त्यस्तै, बैंकको खुद सञ्चालन आम्दानी २.८५ प्रतिशत र सञ्चालन मुनाफा १६.२१ प्रतिशत घटेको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ५ रुपैयाँ ३२ पैसा घटेर २७ रुपैयाँ ३५ पैसामा सीमित भएको छ। पुस मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ २११ रुपेयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात २३.१० गुणा रहेको छ। सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ९१ करोड २५ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी १८ रुपैयाँ १७ पैसा रहेको छ।

१० अर्ब ४ करोड २३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ११ अर्ब १४ करोड ३९ लाख रुपैयाँ सञ्चित छ। चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा बैंकले १ खर्ब ३७ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ६८ अर्ब ५४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।