कोटेश्वरकाे भाटभटेनी आजदेखि खुल्ने

Feb 07, 2026 05:52 AM merolagani



क्षति भएकाे पाँच महिनापछि कोटेश्वरकाे भाटभटेनी आजदेखि खुल्दै छ । भदौ २४ गते आगजनी भएकाे कोटेश्वरस्थित भाटभटेनी शनिबारबाट खुल्न लागेकाे हाे ।

भाटभटेनीले एक विज्ञप्तिमार्फत् भनेको छ– "आगजनीबाट क्षतिग्रस्त भएका आफ्ना स्टोरहरुमध्ये पहिलो चरणमा कोटेश्वर सुपरस्टोर पुनः सञ्चालनमा ल्याउको घोषणा गर्न पाउँदा खुसी लागेको छ ।”

भाटभटेनीले जारी गरेको विज्ञप्तिमा कठिन घडीमा साथ, सहयोग र धैर्यताका लागि सबै ग्राहकवर्ग, स्थानीय समुदाय, सुरक्षा निकाय तथा सरोकारवाला सबैलाई धन्यवाद ज्ञापन गरेको छ ।

“यो पुनःसञ्चालनले भाटभटेनीको पुनर्निर्माण, सेवाप्रति प्रतिबद्धता र समुदायप्रतिको उत्तरदायित्वलाई स्पष्टरुपमा प्रतिबिम्बित गर्दछ,” विज्ञप्तिमा उल्लेख छ ।

देशभर भाटभटेनी सुपरस्टोरका २० वटा स्टोरमा क्षति भएको थिए ।




सुन र चाँदीको मूल्यमा दैनिक भारि गिरावट

Feb 02, 2026 11:00 AM

माघ १९ गते, सोमबार, नेपाली बजारमा सुन र चाँदीको मूल्यमा भारी गिरावट भएको छ । यस दिन सुन प्रतितोला १३ हजार ४०० रुपैयाँ र चाँदीको मूल्य तोलामा ३०० रुपैयाँले घटेको हो ।