गत साता सामान्य अंक घटेको नेप्से, यस साता के होला?

Feb 08, 2026 05:51 AM Merolagani



गत साता नेप्से परिसूचक सामान्य अंक घटेको छ। अघिल्लो साता २७१४.०५ विन्दुमा बन्द भएको नेप्से, गत साता ०.२० प्रतिशत अर्थात ५.३५ अंक घटेर २७०८.७० विन्दुमा बन्द भएको छ।

गत साता ५ कारोबार दिनका लागि बजार खुलेको थियो। जसमध्ये २ कारोबार दिन नेप्से बढेको थियो भने ३ कारोबार दिन घटेको थियो।

टेवा क्षेत्रबाट उक्लियो

गत साता नेप्से परिसूचक २६४५ देखि २६९० सम्म टेवा क्षेत्रमा टेवा पाएर उक्लिएको छ। साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक सो क्षेत्रभन्दा माथि बन्द भएको छ। आगामी साता नेप्से उकालो लागेमा भने २८०० देखि २८६० को क्षेत्रमा प्रतिरोधको सामना गर्ने देखिन्छ।

रिभर्सलको संकेत

साप्ताहिक रुपमा गत साता नेप्सेले ह्यामर मैनबत्ती बनाएको छ। यसले गत साताको सुरुवातमा बिक्रीकर्ता बलियो रहेपनि अन्त्यतिर भने खरिदकर्ता हाबी रहेको संकेत गर्दछ। जसले आगामी दिनमा बजारमा रिभर्सल हुने अर्थात बढ्न सक्ने संकेत गर्दछ। साताका अन्तिम दुई कारोबार दिन नेप्सेले हरियो मैनबत्ती बनाएको छ। यसले ती दिनहरुमा बजारमा खरिदकर्ता बलियो रहेको संकेत गर्दछ।

कमजोर भोल्यूम

गत साता नेप्सेको भोल्यूम कमजोर रहेको छ। गत साता नेप्सेमा दैनिक औषतमा ९ अर्ब १ करोडको शेयर कारोबार भएको थियो। साताको अन्तिम कारोबार दिन नेप्सेको २० दिने औषत भोल्यूम ९ अर्ब ५२ करोड रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा गत साताको दैनिक औषत भोल्यूम ५.३५ प्रतिशत कम हो।

बियरिश प्रवृत्ति

गत साता नेप्सेको एमएसिडी रेखा सिग्नल रेखाभन्दा तल रहेको छ भने यी दुबै रेखाहरु र हिस्टोग्राम नकारात्मक क्षेत्रमा झरेका छन्। यद्यपि साताको अन्त्यतिर यी दुई रेखाहरुबीचको दूरी र हिस्टोग्रामको उचाई घट्दो क्रममा रहेको छ। यसले गत साता नेप्से बियरिश प्रवृत्तिमा रहेपनि अन्त्यतिर बियरिश सेन्टिमेन्ट घट्न थालेको संकेत गर्दछ ।

खरिदबिक्री चाप सन्तुलनमा

गत साता नेप्सेको स्टकास्टिक आरएसआई न्यूट्रल जोनमा रहेको छ। यसले गत साता बजारमा खरिदबिक्री चाप सन्तुलनमा रहेको संकेत गर्दछ।

(यस समाचारको प्राविधिक विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा तयार पारिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)