सन् २०२६ अप्रिल १ देखि मे ३१ सम्म अर्थात उक्त २ महिनाका लागि मागअनुसार अपुग हुने बिजुली आयात गर्न लागिएको हो ।
प्राधिकरणले १०० मेगावाट विद्युत आयात गर्नका लागि आज शुक्रबार बोलपत्र आह्वान समेत गरेको छ । फ्रेबुअरी २२ सम्म उक्त बोलपत्रमा आवेदन पेश गर्न आग्रह गरिएको छ । प्राधिकरणले हरेक वर्ष हिउँदयाममा अपुग हुने बिजुली भारतबाट आयात गर्ने गरेको छ । यसपालीको हिउँदयाममा हुने बिजुलीको मागलाई मध्यनजर गर्दै प्राधिकरणले विद्युत् आयात गर्ने प्रक्रिया अघि बढाएको हो ।
उक्त बिजुली आयात नगरेमा मागअनुसार विद्युत् अपुग हुने र लोडसेडिङ हुन सक्ने भन्दै प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले विद्युत् आयातको व्यवस्था गर्न निर्देशन दिएका थिए । त्यसअनुसार, प्राधिकरणले विद्युत् खरिदका लागि बोलपत्र आह्वान गरेको हो ।