टक्सार पिखुवा खोला हाइड्रोपावरलाई आईपीओ निष्काशन अनुमति

Feb 13, 2026 02:50 PM MeroLagani



नेपाल धितोपत्र बोर्डले शुक्रबार टक्सार पिखुवा खोला हाइड्रोपावरलाई आईपीओ निष्काशन अनुमति दिएको छ । कम्पनीले १ सय रुपैयाँ अंकित मूल्यका ४२ लाख ३० हजार ६६८ कित्ता शेयर निष्काशनको लागि बोर्डले अनुमति दिएको हो ।

१ अर्ब २० करोड जारी पुँजी रहेको कम्पनीले ३५.२६ प्रतिशत शेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो । कम्पनीको शेयर निष्काशक तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।