हाल गण्डकी प्रदेशमा साधरणतया बादल लागेको छ भने देशको पहाडी र हिमाली भू–भागमा आंशिक बादल लागेको र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ। गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भू–भागको थोरै स्थानहरूमा हल्का/वर्षा हिमपात भइरहेको महाशाखाले जनाएको छ।
आज तराई भू–भागका केही स्थानहरूमा मध्यान्न सम्म हुस्सु/कुहिरो रहने महाशाखाको पूर्वानुमान छ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भू(भागमा आंशिक बादल लाग्नेछ र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ।