खेल भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा नेपाली समयअनुसार बेलुका सवा ७ बजेदेखि शुरु हुनेछ ।
यसअघि नेपाल आफ्नो पहिलो खेलमा इंग्ल्यान्डसँग ४ रन, दोस्रो खेलमा इटालीसँग १० विकेटले र तेश्रो खेलमा वेस्ट इन्डिजसँग ९ विकेटले पराजित भएको थियो । नेपाल समूह चरणबाट बाहिरिसकेको छ ।
नेपाली क्रिकेट टोलीको यस पटकको विश्वकप यात्रा सुखद हुन सकेन । कुनै पनि अङ्क जोड्न नसकेको नेपाल समूह ‘सी’को अङ्क तालिकामा पुछारमा छ । लगातार ३ खेलमा जीत निकालेको वेस्ट इन्डिज र ४ खेलमा ३ जीत निकाल्दै इंग्ल्याण्ड ६ अङ्कसहित समूह ‘सी’बाट सुपर एटमा पुगेका छन् ।
आजै बिहान सवा ११ बजे भारतको चन्नईमा क्यानडा र न्युजिल्यान्ड तथा दिउँसो सवा ३ बजे श्रीलङ्काको पल्लेकलेमा आयरल्यान्ड र जिम्बाबे खेल्दैछन् । यस अघि हिजो भएका खेलमा आयाेजक श्रीलङ्काले अस्ट्रेलियालाई ८ विकेटले हराउँदै समूह ‘बी’बाट सुपर एटमा पुग्यो ।
हिजो नै भएको खेलमा इंग्ल्याण्डले इटालीलाई २४ रनले र अफगानिस्तानले यूएईलाई ५ विकेटले हराएको छ ।