निर्वाचनका लागि मतपत्र छपाइ सम्पन्न, ढुवानी प्रक्रिया सुरु

Feb 17, 2026 01:14 PM Merolagani



फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक सम्पूर्ण मतपत्र छपाइ कार्य सम्पन्न भएको छ।

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका अनुसार निर्वाचन आयोग ले दिएको जिम्मेवारीअनुसार प्रत्यक्षतर्फका सबै मतपत्र सोमबार साँझसम्म छापिसकिएको हो।

प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ दुई करोड तीन लाख मतपत्र छपाइ ४० दिनमै पूरा गरिएको छ। अब छापिएका मतपत्र प्याकेजिङ गरी आजदेखि सम्बन्धित प्रदेशहरूमा ढुवानी सुरु गरिएको केन्द्रले जनाएको छ। आगामी १० दिनभित्र सबै जिल्लामा मतपत्र पुर्‍याउने लक्ष्य राखिएको छ।

केन्द्रले दैनिक औसत १३ देखि १५ लाख मतपत्र छपाइ गर्दै आएको थियो। यसअघि १० लाख नमूना मतपत्र छापेर आयोगमार्फत विभिन्न स्थानमा पठाइसकिएको छ। समानुपातिकतर्फ दुई करोड आठ लाख ३० हजार मतपत्र छपाइ भइसकेको र ती पनि क्रमशः जिल्लामा पठाउने काम भइरहेको जनाइएको छ।

 कर्णाली र सुदूरपश्चिम प्रदेशमा आवश्यक सबै मतपत्र पुगिसकेको छ भने बाँकी प्रदेशमा समेत तोकिएको समयसीमाभित्रै वितरण सम्पन्न गर्ने गरी काम अघि बढाइएको छ।




सुनकाे मूल्यमा भारि गिरावट र चाँदीको मूल्य पनि घट्याे

Feb 13, 2026 11:11 AM

फागुन १ गते, शुक्रबार, नेपाली बजारमा सुन र चाँदीको मूल्यमा गिरावट आएको छ । यस दिन सुन प्रतितोला ३ हजार रुपैयाँले घटेको छ भने चाँदी तोलामा ३४० रुपैयाँले घटेको हो ।