दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति

Feb 17, 2026 04:55 PM Merolagani



दुर्गा प्रसाईं लाई ४ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न प्रशासनले अनुमति दिएको छ।

 काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलले उक्त अनुमति प्रदान गरेका हुन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार प्रसाईंमाथि सार्वजनिक शान्ति विरुद्धको कसुर तथा अफवाह फैलाउने कार्य सम्बन्धी आरोपमा अनुसन्धान भइरहेको छ। अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरिएको प्रहरीले जनाएको छ।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजकसमेत रहेका प्रसाईंलाई सोमबार साँझ भक्तपुरबाट पक्राउ गरिएको हो। उनी पछिल्लो समय सरकारसँग भएको सम्झौता कार्यान्वयन नभए अनिश्चितकालीन बन्दको घोषणा गर्ने र निर्वाचन हुन नदिने अभिव्यक्ति दिँदै आएका थिए।

प्रसाईं यसअघि पनि पटक–पटक पक्राउ परेका थिए। माघ २३ गते पक्राउ परेपछि उनी हाजिर जमानीमा रिहा भएका थिए। त्यसबेला निर्वाचनसम्बन्धी उनको अभिव्यक्तिलाई आधार बनाएर प्रहरीको साइबर ब्यूरोले बयान लिएको थियो।




सुनकाे मूल्यमा भारि गिरावट र चाँदीको मूल्य पनि घट्याे

Feb 13, 2026 11:11 AM

फागुन १ गते, शुक्रबार, नेपाली बजारमा सुन र चाँदीको मूल्यमा गिरावट आएको छ । यस दिन सुन प्रतितोला ३ हजार रुपैयाँले घटेको छ भने चाँदी तोलामा ३४० रुपैयाँले घटेको हो ।