धनगढीमा आयोजित परिवर्तन उद्घोष सभालाई सम्बोधन गर्दै वरिष्ठ नेता बालेनले भने, 'राष्ट्रिय स्वतन्त्र पार्टी यहाँ भोट माग्न आएको होइन काम माग्न आएको हो। काम दिनुस्। तपाईंहरूले भोट दिनुभएन भने पनि रास्वपाले सुदूरपश्चिम बनाउँछ। बरू के-के काम छ लिस्ट बनाउनुस् र दिनुस्,'
उनले भने, 'खल्तीमा पैसा नभएका विपन्नले शिक्षा पाउनु पर्यो यो हो हाम्रो एजेन्डा। विपन्न गरिबले स्वास्थ्योपचार पाउनुपर्यो त्यो हो हाम्रो एजेन्डा । २ वर्षमा बन्नुपर्ने सडक २० वर्षसम्म बन्दैन। त्यो डेढ वर्षमा बन्नुपर्यो त्यो हो हाम्रो एजेन्डा। रूखमा बाँधेर हुन्छ कि बाटोमा सुताएर हुन्छ कि खोरमा जाकेर हुन्छ बाटो बन्नुपर्यो,' उनले भने।
उनले नेपाललाई स्वीटजरल्याण्ड बनाउने नभई बडिमालिका, रामारोशन, खप्तड राष्ट्रिय निकुञ्जलाई संसारमा देखाउनुपर्नेमा जोड दिए।