सामसङद्धारा आगामी स्मार्टफोन लन्च अघि नै प्रि–रिजर्भ अफरको घोषणा

Feb 24, 2026 02:11 PM merolagani



सामसङले आफ्नो आगामी स्मार्टफोनको आधिकारिक लन्चभन्दा अघि नै ग्राहकहरूका लागि आकर्षक ‘ह्यान्ड राइजर’ अर्थात प्रि–रिजर्भ अफर सार्वजनिक गरेको छ।

यस अफरमार्फत ग्राहकहरूले नयाँ ग्यालेक्सी स्मार्टफोनको अग्रिम बुकिङ गर्दै अधिकतम २० हजार ९९९ सम्मका विशेष लाभहरू प्राप्त गर्न सक्नेछन्।

प्रारम्भिक ग्राहक र ब्रान्डप्रति निष्ठावान प्रयोगकर्ताहरूलाई लक्षित गर्दै ल्याइएको यो सीमित अवधिको अफर अन्तर्गत, ग्राहकहरूले आफ्नो योग्य पुरानो स्मार्टफोन साटेर नयाँ डिभाइस प्रि–रिजर्भ गर्न सक्ने कम्पनीले जनाएको छ ।

प्रि–रिजर्भ गर्ने ग्राहकहरूले निम्न लाभहरू प्राप्त गर्नेछन्ः

  • १TB सम्मको Memory Upgrade (रु.१५,००० सम्म बराबर)
  • 60W Fast Charger (रु.५,९९९ सम्म बराबर)

यो एक्सचेन्ज सुविधा निम्न प्रिमियम स्मार्टफोनहरूका लागि उपलब्ध छ:

  • ग्यालेक्सी S23, S24 तथा S25
  • iDevice: iDevice 14, 15 & 16

यो Hand Raiser अफर २३ फेब्रुअरीदेखि २६ फेब्रुअरी २०२६ सम्म मात्र मान्य हुनेछ। यस अवधिमा ग्राहकहरूले दर्ता गरी, आफ्नो योग्य डिभाइस एक्सचेन्ज र नयाँ AI–Powered स्मार्टफोन स्मार्ट मूल्यमा प्रि–रिजर्भ गर्न सक्नेछन्।




सिंहदरवार भित्रका कर्मचारीको लिष्ट प्रधानमन्त्रीको टेबुलमा, ‘जमेर बसेका’हरुलाई सरुवा गर्ने तयारी

Apr 13, 2026 05:43 PM

सरकारले संघिय सरकारको सचिवालयको रुपमा रहेको सिंहदरवारका कर्मचारीहरुको व्यापकरुपमा सरुवा गर्ने तयारी गरेको छ ।