अघिल्लो कारोबार दिन अर्थात आइतबार ४.४५ अंक बढेर २८२४.९० विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा २.४३ अंक बढेर २८२७.३४ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०२ अंक घटेको छ।
सोमबार प्रि ओपन सेसनमा ९४ स्टकको २३३ पटकको कारोबारमा ८ करोड ९५ लाख ७९ हजार ४१० रुपैयाँ ३० पैसाबराबरको १ लाख ५२ हजार १०५ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ३९ स्टकको मूल्य बढेको छ भने ४२ स्टकको मूल्य घटेको छ। बाँकी १३ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।