नेप्सेसँगै घट्यो कारोबार रकम

Mar 16, 2026 03:11 PM Merolagani



साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्ला दुई दिन बढेर बन्द भएको नेप्से, यस दिन भने घटेर बन्द भएको हो।

सोमबार नेप्से परिसूचक २६.०७ अंक घटेर २७९८.८३ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ६.३८ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.०७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.१० अंक घटेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन अर्थात आइतबार १४ अर्ब ३२ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३४५ स्टकको १ लाख २ हजार ७५९ पटकको कारोबारमा ११ अर्ब ९७ करोड ४६ लाख ९६ हजार रुपैयाँबराबरको ३ करोड ७ लाख ९० हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन ४ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सालपा विकास बैंक, रिलायन्स स्पिनिङ्ग मिल्स, अप्पर हेवाखोला हाइड्रोपावर कम्पनी र सोलु हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन होटल फरेष्ट इनको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने पिपुल्स हाइड्रोपावर कम्पनीको शेयरमूल्य साढे ६ प्रतिशत बढेको छ। यस दिन मूल्य घटेका स्टकहरुको गिरावटदर साढे ४ प्रतिशतभन्दा कम रहेको छ।

कारोबार रकमका आधारमा यस दिन आँखु खोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ६८ करोड ७७ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यस्तै, यस दिन नेशनल हाइड्रोपावरको ६६ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ भने अप्पर हेवाखोला हाइड्रोपावर कम्पनीको कारोबार रकम साढे ४१ करोड रुपैयाँ नाघेको छ।

१३ उपसमूहमध्ये यस दिन १ उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ। यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सामान्य अंक बढेको छ। कारोबारमा आएका बैंकिङ्ग, लगानी र अन्य उपसमूहको परिसूचक यस दिन १ प्रतिशतभन्दा बढी घटेको छ।




समानुपातिकतर्फको मत गणना सकियो, कुन दलले पाए कति सिट ?

Mar 11, 2026 01:18 PM

प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ ।