ऊर्जा क्षेत्र सुधारका लागि चारवटा विधेयक बनाउँदै ऊर्जा मन्त्रालय

Apr 16, 2026 11:02 AM merolagani



सरकारले ऊर्जा क्षेत्रको सुधारका लागि चारवटा विधेयक निर्माणको प्रक्रियामा छ । विगतका पुराना ऐनलाई संशोधन गर्दै प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले नयाँ विधेयक बनाउन लागि परेको छ ।

ऊर्जा क्षेत्रको सुधारका लागि भन्दै सरकारले चारवटा विधेयकलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ ।

यसअन्तर्गत जलस्रोत सम्बन्धी विधेयक, नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, विद्युत् विधेयक, सिचाइँ विकास तथा व्यवस्थापन सम्बन्धी विधेयकमा काम भइराखेको छ ।

नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयकको मस्यौदा बनेरै अघि बढिसकेको मन्त्रालयले जनाएको छ । सरकारले ऊर्जा तथा जलविद्युत् क्षेत्रलाई महत्वपूर्ण आर्थिक समृद्धिको आधार मानेर त्यसअनुसार ऐन, कानुनको तर्जुमा भइरहेको हो ।




सिंहदरवार भित्रका कर्मचारीको लिष्ट प्रधानमन्त्रीको टेबुलमा, ‘जमेर बसेका’हरुलाई सरुवा गर्ने तयारी

Apr 13, 2026 05:43 PM

सरकारले संघिय सरकारको सचिवालयको रुपमा रहेको सिंहदरवारका कर्मचारीहरुको व्यापकरुपमा सरुवा गर्ने तयारी गरेको छ ।