हेटौँडा सिमेन्ट उद्योग एक महिनामै पुनः बन्द

Apr 16, 2026 12:34 PM merolagani



हेटौँडा सिमेन्ट उद्योगले कोइलाको अभावका कारण आज बिहानदेखि उत्पादन बन्द गरेको छ।

करिब एक महिनाअघि मात्रै नियमित सञ्चालनमा आएको उद्योग पुनः कच्चा पदार्थको संकटमा परेको हो। उद्योगले ३ हजार मेट्रिकटन कोइला खरिदका लागि बोलपत्र आह्वान गरिसकेको जनाएको छ।

उद्योगका अनुसार करिब दुई हप्ताभित्र कोइला आइपुग्ने अपेक्षा गरिएको छ। कोइलाको गुणस्तर परीक्षणको नतिजापछि मात्रै सिमेन्ट उत्पादन पुनः सुरु गर्ने समय निर्धारण बताइएकाे छ ।




सिंहदरवार भित्रका कर्मचारीको लिष्ट प्रधानमन्त्रीको टेबुलमा, ‘जमेर बसेका’हरुलाई सरुवा गर्ने तयारी

Apr 13, 2026 05:43 PM

सरकारले संघिय सरकारको सचिवालयको रुपमा रहेको सिंहदरवारका कर्मचारीहरुको व्यापकरुपमा सरुवा गर्ने तयारी गरेको छ ।