अमेरिकासहित विकसित देशका विरामीको रोजाईमा भियतनाम, ‘मेडिकल टुरिजम’ मा चमत्कार गर्दै

Apr 16, 2026 06:07 PM mero lagani



सन् २०२५ मा करिब ७० करोड अमेरिकी डलर बराबरको भियतनामको ‘मेडिकल टुरिजम’ बजार सन् २०३३ सम्ममा करिब ४ अर्ब डलर पुग्ने अनुमान गरिएको छ, जुन वार्षिक १८ प्रतिशतले वृद्धि हो । 

भियतनामले पछिल्लो समय एशिया र युरोपेली मुलुकका नागरिकलाई लक्षित गर्दै स्वास्थ्य पर्यटनलाई प्राथमिकता दिइरहेको छ । कार्डियोलोजी, अंग प्रत्यारोपण, इन विट्रो फर्टिलाइजेसन (आईवीएफ), र दन्त चिकित्सा जस्ता क्षेत्रहरूमा उपचार पद्धतीलाई जाेड दिइरहेको छ । त्योसँगै विगतमा उपचारको लागि विदेशिने भियतनामीहरुको संख्या अहिले लगभग पुरै नियन्त्रणमा आएको छ भने विभिन्न देशबाट उपचारको लागि भियतनाम जानेहरुको संख्या निरन्तर बढिरहेको छ ।

स्वास्थ्य उपमन्त्री ट्रान भान थुनकाअनुसार भियतनामका अस्पतालहरुमा उपचार गराउने विरामीहरुमध्ये अहिले झण्डै ४० प्रतिशत अन्तर्राष्ट्रिय बिरामीहरू छन् । उपमन्त्री थुनकाअनुसार छिमेकी कम्बोडिया र लाओसको साथै अमेरिका, अष्ट्रेलिया, क्यानाडा र जापानबाट समेत उपचारको लागि विरामीहरु भियतनाम जाने गरेका छन् । ‘सस्तो र गुणस्तरिय उपचार भियतनामको अस्पतालहरुको विशेषता हो । त्यहीकारण अहिले अमेरिका, अष्ट्रेलिया, क्यानाडा, जापान जस्ता देशबाट पनि हाम्रो देशमा उपचारको लागि आउने क्रम बढिरहेको छ । यसबाट उनीहरुले सस्तोमा राम्रो उपचार पाएका छन् भने हामीले पर्यटक पाएका छौं, हाम्रो पर्यटन उद्योग फस्टाएको छ,’ उनी भन्छन् ।

स्वास्थ्य पर्यटन फस्टाएसँगै भियतनामको आधुनिक उपचार पद्धतीमात्र नभएर परम्परागत उपचार पद्धती पनि लोकप्रिय हुँदै गइरहेको छ ।

गुणस्तरिय स्वास्थ्य उपचारको लागि भियतनाम जाने पर्यटकहरुलाई लक्षित गर्दै सर्वसुलभ सेवा सुविधा पनि उपलब्ध गराइरहेको छ । त्यसले गर्दा एकातर्फ भियतनामको स्वास्थ्य सेवाप्रति विश्वभर चर्चा परिचर्चा शुरु हुन थालेको छ भने अर्काेतर्फ पर्यटन उद्योग पनि फस्टाएको छ ।

त्यहाँको स्वास्थ्य मन्त्रालयले उच्च गुणस्तरको चिकित्सा सेवाको विकास गर्न र चिकित्सा पर्यटनलाई बढावा दिन एक मस्यौदा परियोजनामा सार्वजनिक प्रतिक्रिया मागिरहेको छ, जसले घरेलु र अन्तर्राष्ट्रिय दुवै बिरामीहरूलाई आकर्षित गरिरहेको छ ।

एकीकृत स्वास्थ्य सेवा-कल्याण इकोसिस्टमको दिशामा २०२६ मा भियतनामले पूर्वाधार अपग्रेड, आधुनिक उपकरण, कार्यबल प्रशिक्षण, र प्रारम्भिक निदानमा कृत्रिम बुद्धिमत्ताको प्रयोगलाई प्राथमिकता दिने घोषणा गरेको छ । यसबाट अंकोलोजी, कार्डियोलोजी र बाल चिकित्सा अस्पतालहरूको विस्तार सहित प्रमुख परियोजनाहरू आधुनिक पुनर्वास र उपचारात्मक हेरचाहको क्षेत्रमा उल्लेख्य प्रगति हुने अपेक्षा सरकारले गरेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।




सिंहदरवार भित्रका कर्मचारीको लिष्ट प्रधानमन्त्रीको टेबुलमा, ‘जमेर बसेका’हरुलाई सरुवा गर्ने तयारी

Apr 13, 2026 05:43 PM

सरकारले संघिय सरकारको सचिवालयको रुपमा रहेको सिंहदरवारका कर्मचारीहरुको व्यापकरुपमा सरुवा गर्ने तयारी गरेको छ ।