बिहीबा काठमाडौंमा पत्रकार सम्मेलन गरी बाह्रखरी मिडियाले प्रतियोगिता र आर्थिक परिसंवाद यही वैशाख १९ गते गोकर्ण गल्फ कोर्समा हुने जानकारी गराएको हो ।
बाह्रखरी मिडियाले नियमित रूपमा यो प्रतियोगिता र कार्यक्रम आयोजना गर्दै आएको छ । विगतका वर्षमा जस्तै प्रतिष्ठित व्यावसायिक र आर्थिक क्षेत्रका अग्रणीलाई गल्फ खेलमा प्रतिस्पर्धा गराउने, इकोनोमिक सिम्पोजियममार्फत मुलुकको आर्थिक अवस्थामाथि मन्थन गरेर सरकारलाई नीति निर्माण र निर्णय प्रक्रियामा सहज तुल्याउने उद्देश्यले नवौँ संस्करण आयोजना गरिएको बाह्रखरी मिडियाले जनाएको छ ।
“गल्फ प्रतियोगितामा कर्पोरेट क्षेत्रको नेतृत्वमा रहेका, विभिन्न व्यावसायिक प्रतिष्ठानमा ख्यातिप्राप्त एक सय बढी गल्फरको सहभागिता रहने यहाँहरूमाझ जानकारी गराउन चाहन्छौँ,” बाह्रखरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रतियोगितामा विगतमा जस्तै यस वर्ष पनि विदेशी खेलाडीको सहभागिता रहनेछ । “नेपालस्थित विदेशी नियोगका प्रतिनिधि पनि गल्फ प्रतियोगितामा सहभागी हुनुहुनेछ,” विज्ञप्तिमा भनिएको छ, काठमाडौंसहित पोखरा, धरान, चितवन, बुटवल, नेपालगन्जलगायत क्षेत्रका कर्पोरेट गल्फर, न्यायाधीश र केही सरकारी उच्च अधिकारीले पनि प्रतियोगितामा सहभागिता जनाउनुहुनेछ ।”
प्रतियोगिताका ‘अल–राउन्ड’ विजेताले २४ क्यारेट सुनले बनेको गल्फ बल तथा अन्य पुरस्कार प्राप्त गर्ने बाह्रखरीले जनाएको छ । “साथै, अन्य विभिन्न विधामा विजेताले विगतका वर्षमा जस्तै ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्नेछन्,” बाह्रखरीले भनेको छ ।
यस्तै, विश्वव्यापी रूपमा पछिल्ला दिनमा देखा परेको आर्थिक उतारचढाव, नेपालजस्ता मुलुकलाई पार्ने असरका बारेमा इकोनोमिक सिम्पोजियममा विचार मन्थन हुने आयोजक संस्थाले जनाएको छ ।