सुनको मूल्य तीन लाख नाघ्यो, कतिमा हुदैछ कारोबार ?

May 12, 2026 10:59 AM Merolagani



बैशाख २९ गते मंगलबार, नेपाली बजारमा सुनको मूल्य बढेर तीन लाख नाघेको छ । यस दिन चाँदीको मूल्यमा पनि भारि वृद्धि भएको छ । यस दिन सुन प्रतितोला चार हजार ४०० रुपैयाँ र चाँदी तोलामा ३५५ रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख दुई हजार ९०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। सोमबारको बजारमा सुन प्रतितोला दुई लाख ९८ हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

यस दिन चाँदी प्रतितोला पाँच हजार ६९५ रुपैयाँ खरिदबिक्री भइरहेको छ। सोमबारको बजारमा चाँदी प्रतितोला पाँच हजार ३४० रुपैयाँ खरिदबिक्री भएको थियो। पछिल्लो समय चाँदीको मूल्य निरन्तर बढ्दो क्रममा रहेको छ ।




यस्ता छन् मन्त्रिपरिषद् बैठकका चार निर्णय

May 08, 2026 01:10 PM

मन्त्रिपरिषद् बैठकले चार निर्णय गरेकाे छ । आज बसेको मन्त्रिपरिषद् बैठकले यस्ता निर्णय गरेको हाे ।