सुनकाे मूल्य घट्यो, चाँदीकाे मूल्य भने बढ्यो

May 10, 2026 11:09 AM Merolagani



बैशाख २७ गते आईतबार, नेपाली बजारमा सुनकाे मूल्य घटेको छ भने चाँदी बढेको छ । यस दिन सुन प्रतितोला एक हजार रुपैयाँ घटेको छ भने चाँदी तोलामा २५ रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९८ हजार ९०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। गत शुक्रबारको बजारमा सुन प्रतितोला दुई लाख ९९ हजार ९०० रुपैयाँमा खरिदबिक्री भएको थियो। 

यस दिन चाँदी प्रतितोला पाँच हजार ३०० रुपैयाँ खरिदबिक्री भइरहेको छ। गत शुक्रबारको बजारमा चाँदी प्रतितोला पाँच हजार २७५ रुपैयाँ खरिदबिक्री भएको थियो।




मालपोत ऐन संशोधन: अब जग्गा पास, नामसारी र रोक्काको काम स्थानीय तहबाटै हुने, 'मालपोत कार्यालय'को नाम पनि फेरियो

May 05, 2026 12:33 PM

संघीयता कार्यान्वयनको लामो समयपछि बल्ल जग्गा प्रशासनसँग सम्बन्धित महत्त्वपूर्ण अधिकार स्थानीय तह (पालिका) मा निक्षेपण भएको छ। संघीयता कार्यान्वयनको लामो समयपछि बल्ल जग्गा प्रशासनसँग सम्बन्धित महत्त्वपूर्ण अधिकार स्थानीय तह (पालिका) मा निक्षेपण भएको छ।