आज पनि घट्यो सुनकाे मूल्य, चाँदी कतिमा हुदैछ कारोबार ?

May 11, 2026 10:48 AM Merolagani



बैशाख २८ गते सोमबार, नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदी बढेको छ । यस दिन सुन प्रतितोला ४०० रुपैयाँ घटेको छ भने चाँदी तोलामा ४० रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९८ हजार ५०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। आईतबारको बजारमा सुन प्रतितोला दुई लाख ९८ हजार ९०० रुपैयाँमा खरिदबिक्री भएको थियो। सुनको मूल्य निरन्तर दोस्रो दिन घटेको हो ।

यस दिन चाँदी प्रतितोला पाँच हजार ३४० रुपैयाँ खरिदबिक्री भइरहेको छ। आईतबारको बजारमा चाँदी प्रतितोला पाँच हजार ३०० रुपैयाँ खरिदबिक्री भएको थियो। पछिल्लो समय चाँदीको मूल्य निरन्तर बढ्दो क्रममा रहेको छ ।