नेप्सेमा झिनो अंकको वृद्धि, कारोबार रकममा भने संकुचन

Jun 17, 2026 03:23 PM Merolagani



बुधबार नेप्से परिसूचक झिनो अंकले सकारात्मक भएर बन्द भएको छ । पछिल्ला कारोबार दिनमा निरन्तर गिरावट आएको बजारमा बुधबार सामान्य अंकको सुधार देखिएको हो ।

नेप्से परिसूचक ०.०८ अंकले बढेर २७०५.५३ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ०.२० अंक घटेकोे छ भने फ्लोट इण्डेक्स ०.१० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०८ अंक बढेको छ।

यसदिन नेप्से सामान्य अंकले सकारात्मक भएता पनि कारोबार रकममा भने गिरावट भएको छ । बुधबारको बजारमा तीन अर्ब ६३ करोड ७५ लाख रुपैयाँ बराबरमा ८३ लाख ७५ हजार ४७१ कित्ता शेयर खरिदबिक्री भएको छ । मंगलबार चार अर्ब ४ करोड ७८ लाख ५८ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको थियो।

यस दिन दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सोपान फर्मास्यूटिकल्स र एपोलो हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। यी दुवै बजारमा कारोबार सुरु भएका नयाँ कम्पनीहरु हुन। त्यस्तै, यसदिन बुंगल हाईड्रोपावर कम्पनीको शेयरमूल्य साढे ७ प्रतिशतभन्दा बढी बढेको छ । यस दिन मूल्य घटेका स्टकहरुमा एनएमबी डिबेञ्चर १०.७५ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा यस दिन एनआरएन इन्फ्राइन्सटर कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २१ करोड १७ लाख ११ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन रिलायन्स स्पिनिङ्ग मिल्सको १८ करोड ३२ लाख रुपैयाँ बढीको शेयर खरिदबिक्री भएको हो।

१३ उपसमूहमध्ये यस दिन पाँच उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ। यस दिन विकास बैंक, वित्त, हाईड्रोपावर, लगानी र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सामान्य अंक बढेको हो। यस दिन घटेका उपसमूहहरुमा बैंकिङ, होटल, जीवन बीमा, लघुवित्त, म्युचुअलफण्ड, निर्जीवन बीमा, अन्य र व्यपार उपसमूह रहेका छन।




सहसचिव अमृत लम्साल बने नेप्सेको अध्यक्ष

Jun 16, 2026 07:13 PM

डेढ महिनादेखि नेतृत्वविहीन रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नयाँ अध्यक्ष पाएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले  अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साललाई नेप्सेको नेतृत्व सुम्पिएका हुन्।