सिटिजन्स बैंकको संस्थापक शेयर बिक्रीमा, इच्छुक लगानीकर्तालाई आवेदन आह्वान

Jun 18, 2026 08:27 AM Merolagani



सिटिजन्स बैंकको (CZBIL) का एक संस्थापक शेयरधनीले आफ्नो स्वामित्वमा रहेको ७७ हजार ५७८।३१ कित्ता संस्थापक शेयर बिक्री गर्ने प्रक्रिया अघि बढाएका छन्।

बैंकले प्रकाशित गरेको सूचनाअनुसार नेपाल राष्ट्र बैंकको प्रचलित निर्देशनबमोजिम संस्थापक समूहको शेयर खरिद–बिक्री गर्दा पहिले अन्य संस्थापक शेयरधनीलाई प्राथमिकता दिनुपर्ने व्यवस्था रहेको छ।

सोही व्यवस्थाअनुसार यसअघि संस्थापक शेयरधनीहरूलाई जानकारी गराइएको भए पनि तोकिएको अवधिमा खरिदका लागि आवेदन प्राप्त नभएको जनाएको छ।

अब उक्त शेयर खरिद गर्न इच्छुक योग्य सर्वसाधारण व्यक्ति वा संस्थाले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय, नारायणहिटी पथ, काठमाडौंमा आवेदन दिन सक्नेछन्।

बैंकका अनुसार आवेदन प्राप्त भएपछि प्रचलित कानुन तथा नियामकीय व्यवस्थाअनुसार आवश्यक प्रक्रिया अगाडि बढाइनेछ। यस शेयर बिक्रीबाट बैंकको संस्थापक समूहमा नयाँ योग्य लगानीकर्ता प्रवेश गर्न सक्ने अवसर खुला भएको छ।




सहसचिव अमृत लम्साल बने नेप्सेको अध्यक्ष

Jun 16, 2026 07:13 PM

डेढ महिनादेखि नेतृत्वविहीन रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नयाँ अध्यक्ष पाएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले  अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साललाई नेप्सेको नेतृत्व सुम्पिएका हुन्।