किया सेल्टोसका दुई नयाँ ‘प्रिमियम’ मोडलका एसयूभी सार्वजनिक, यस्ता छन् थपिएका अत्याधुनिक सुरक्षा सुविधाहरू

Jul 01, 2026 01:53 PM Merolagani



किया इन्डियाले आफ्नो लोकप्रिय गाडी ‘सेल्टोस’ लाई अझ सुविधायुक्त बनाउँदै दुई नयाँ मोडलहरू सार्वजनिक गरेको छ ।

भारतीय बजारमा सार्वजनिक भएका ती मोडेलहरु जीटीएस(ओ) GTX (O) र एक्स-लाइन(ओ)  X-Line (O) बजारमा ल्याएको छ। यी नयाँ गाडीको सुरुवाती मूल्य २१ लाख ५६ हजार ९०० भारतीय रुपैयाँ (सोरुम मूल्य) तोकिएको छ।

कम्पनीका अनुसार २०२६ मोडलका यी नयाँ सेल्टोस गाडीहरूमा सुरक्षा,आधुनिक प्रविधि र आरामलाई विशेष ध्यान दिइएको छ। यी नयाँ गाडीहरूको सबैभन्दा मुख्य विशेषता यसमा रहेको ‘एडास एफ प्लस’ (ADAS F+) नामक सुरक्षा प्रणाली हो। यसले गाडी चलाउँदा चालकलाई सुरक्षित राख्न विशेष सुविधाहरू दिन्छ।

यो एसयूभीमा अगाडिबाट आइरहेको गाडीसँग ठोक्किन लाग्दा आफैं सचेत गराउने वा रोक्न सघाउने प्रविधि समावेश छ । यो सुविधा चोक काट्दा, लेन बदल्दा वा अचानक गाडी मोड्नु पर्दा पनि सक्रिय हुन्छ।

त्यस्तै, राजमार्गमा गाडीको गतिलाई सडकको घुम्ती र अवस्था अनुसार आफैं कम वा बढी बनाएर चलाउन सघाउने छ । लामो दुरीको यात्रामा गाडीलाई सुरक्षित रूपमा आफ्नै लेनमा गुडाइ राख्न मद्दत गर्ने प्रणाली पनि छ ।

थपिएका अन्य सुविधाहरू

गाडीलाई अझ आधुनिक बनाउन यसमा अरू धेरै नयाँ प्रविधिहरू जोडिएका छन् । यसमा स्मार्ट कनेक्टिभिटी रहेको छ । जसले मोबाइल एपमार्फत गाडीका ८५ भन्दा बढी फिचरहरू चलाउन सकिनेछ ।

हेड-अप डिस्प्लेले गाडीको अगाडिको सिसा (विन्डशिल्ड) मै यात्रा सम्बन्धी जानकारीहरू देखिने, जसले गर्दा चालकले तल स्क्रिनमा हेरिरहनु पर्दैन।

गाडीको अगाडि र पछाडि के भइरहेको छ भनेर भिडियो खिच्ने क्यामेरा,जसलाई मोबाइलबाटै हेर्न सकिन्छ। गाडीभित्रको हावा कत्तिको सफा छ भनेर देखाउने डिस्प्लेसहितको एयर प्युरिफायर यसमा समावेश गरिएको छ । यो एसयूभीमा झरी पर्दा आफैं चल्ने वाइपर र बटन थिच्दा आफैं खुल्ने र बन्द हुने झ्यालहरू रहेका छन् ।

इन्जिन र सुरक्षा रेटिङ

यी नयाँ मोडलहरू पेट्रोल र डिजेल दुवै विकल्पमा उपलब्ध छन्। हालै गरिएको ‘भारत एनसीएपी’ को सुरक्षा परीक्षणमा किया सेल्टोसले ५–स्टार रेटिङ (उत्कृष्ट) पाएको छ। इन्धनबाट चल्ने गाडीहरूमध्ये यो भारतकै सबैभन्दा सुरक्षित गाडीहरूमध्ये एक मानिएको छ।

किया इन्डियाका वरिष्ठ उपाध्यक्ष अतुल सुदका अनुसार, सेल्टोसले ग्राहकहरूको चाहना अनुसार आफूलाई सधैं परिमार्जन गर्दै आएको छ। सुरक्षा परीक्षणमा उत्कृष्ट नतिजा ल्याएको यस गाडीमा अब झन् धेरै सुरक्षा र सुविधा थपिएकाले यसले बजारमा नयाँ मापदण्ड कायम गर्ने कम्पनीको विश्वास छ।

यसका साथै कियाले छिट्टै ७ सिट भएको ‘सोरेन्टो’ हाइब्रिड गाडी पनि बजारमा ल्याउने तयारी गरिरहेको छ।




असाध्यै चुनौतीपूर्ण चरण अब आउँदैछः अर्थमन्त्री डा. वाग्ले

Aug 20, 2026 02:28 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।