बैंकिङ्गले बढायो नेप्से परिसूचक, कारोबार रकममा पनि वृद्धि

Jul 02, 2026 03:11 PM Merolagani



बिहीबार नेप्से परिसूचक बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात बुधबार बढेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

यस दिन नेप्से परिसूचक ८.७८ अंक बढेर २६६१.७१ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ३.८९ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.९९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.३९ अंक बढेको छ।

यस दिन नेप्से बढ्नका लागि बैंकिङ्ग उपसमूहले टेवा दिएको हो। १३ उपसमूहमध्ये यस दिन ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ। यस दिन बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक २.०४ प्रतिशत बढेको छ। जसका कारण नेप्से परिसूचक बढ्न पुगेको हो। यस दिन वित्त, जीवन बीमा, लघुवित्त र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य अंक बढेको हो।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। बुधबार ३ अर्ब ८६ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३५९ स्टकको ४३ हजार १३१ पटकको कारोबारमा ४ अर्ब ११ करोड ७७ लाख ८५ हजार रुपैयाँबराबरको ८९ लाख ६४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन ४ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन अप्पर लोहोरे खोला हाइड्रोपावर, कालंगा हाइड्रो, स्नो रिभर्स र सानिगाड हाइड्रोको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन धौलागिरी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य साढे १३ प्रतिशतभन्दा बढी बढेको छ भने आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशत बढेको छ। कारोबारमा आएको १० प्रतिशत एनआईसी एशिया डिबेञ्चर २०८५/८६ को मूल्य सर्वाधिक १०.६० प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन लक्ष्मी सनराइज बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन ४१ करोड ३२ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन १० प्रतिशत एनआईसी एशिया डिबेञ्चर २०८५/८६ को साढे ४० करोड रुपैयाँभन्दा बढीको ऋणपत्र किनबेच भएको छ भने रिलायन्स स्पिनिङ्ग मिल्सको कारोबार रकम २५ करोड रुपैयाँ नाघेको छ।




के सरकारले शेयर कारोबारमा ट्रान्जेक्सन ट्याक्स लगाउन लागेको हो ?

Jun 28, 2026 05:08 PM

सुवास निरौला 

पछिल्लो समय सामाजिक सञ्जालमा शेयर बजारका विश्लेषक तथा लगानीकर्ता विष्णुप्रसाद बस्यालले फेसबुकमा लेखेको एउटा स्टाटसले शेयर बजारका आम लगानीकर्तामा ठूलो भ्रम र अन्योल सिर्जना गरिदिएको छ।