प्रि ओपन सेसन अपडेटः करिब २ अंक घट्यो नेप्से

Jul 09, 2026 10:53 AM Merolagani



बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब २ अंक घटेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात बुधबार ३०.०९ अंक घटेर २६२१.५९ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.८१ अंक घटेर २६१९.७७ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०४ अंक घटेको छ।

बिहीबार प्रि ओपन सेसनमा २८ स्टकको ३८ पटकको कारोबारमा ५१ लाख ५७ हजार ७८८ रुपैयाँ ९० पैसाबराबरको ४५८ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ४ स्टकको मूल्य बढेको छ भने १८ स्टकको मूल्य घटेको छ। बाँकी ६ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।




मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक, निजी क्षेत्रतर्फको कर्जा विस्तार ६.५ प्रतिशतमा सीमित

Jul 07, 2026 11:54 AM

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गरेको छ