प्रि ओपन सेसन अपडेटः करिब साढे ११ अंक बढ्यो नेप्से

Jul 03, 2026 10:53 AM Merolagani



साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे ११ अंक बढेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात बिहीबार ८.७८ अंक बढेर २६६१.७१ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ११.४३ अंक बढेर २६७३.१४ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने १.२४ अंक बढेको छ।

शुक्रबार प्रि ओपन सेसनमा ५२ स्टकको ९० पटकको कारोबारमा ४३ करोड २७ लाख ७८ हजार ९२४ रुपैयाँबराबरको ४ लाख ३३ हजार ३५९ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २५ स्टकको मूल्य बढेको छ भने २० स्टकको मूल्य घटेको छ। बाँकी ७ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।




के सरकारले शेयर कारोबारमा ट्रान्जेक्सन ट्याक्स लगाउन लागेको हो ?

Jun 28, 2026 05:08 PM

सुवास निरौला 

पछिल्लो समय सामाजिक सञ्जालमा शेयर बजारका विश्लेषक तथा लगानीकर्ता विष्णुप्रसाद बस्यालले फेसबुकमा लेखेको एउटा स्टाटसले शेयर बजारका आम लगानीकर्तामा ठूलो भ्रम र अन्योल सिर्जना गरिदिएको छ।