सुरक्षित रगत आपूर्तिका लागि मुक्तिनाथ विकास बैंकको सहयोग, रेडक्रस लुम्बिनीलाई ३ थान सूक्ष्मदर्शी उपकरण हस्तान्तरण

Jul 15, 2026 05:29 PM Merolagani



मुक्तिनाथ विकास बैंकले जनस्वास्थ्य र सुरक्षित रक्तसञ्चार सेवालाई सुदृढ बनाउने उद्देश्यले नेपाल रेडक्रस सोसाइटी, लुम्बिनी प्रदेशलाई ३ थान जैविक सूक्ष्मदर्शी उपकरण हस्तान्तरण गरेको छ ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत रेडक्रसको सुरक्षित तथा पर्याप्त रगत आपूर्ति सुनिश्चित गर्ने रक्त बैंक स्थापना परियोजनालाई सहयोग पुर्‍याउन यी उपकरणहरू प्रदान गरेको हो ।

 

हस्तान्तरण गरिएका सूक्ष्मदर्शी उपकरणहरूले रक्तसञ्चार सेवालाई थप वैज्ञानिक र गुणस्तरीय बनाउन मद्दत गर्नेछन् । विशेषगरी रगतमा रहेका रातो रक्तकण,सेतो रक्तकण तथा प्लेटलेट्समा देखिने असामान्यताको पहिचान गर्न यसले प्राविधिकहरूलाई सहयोग पुर्‍याउनेछ ।

यसका साथै रगतको उपयुक्तता परीक्षण, रगत संकलन, प्रशोधन, परीक्षण तथा भण्डारण प्रक्रियाको गुणस्तर नियन्त्रणलाई थप प्रभावकारी बनाउन यी उपकरणहरूले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बैंकले जनाएको छ ।

बैंकका प्रमुख सूचना अधिकारी तिल बहादुर गुरुङ्गका अनुसार, यस सहयोगमार्फत सुरक्षित, गुणस्तरीय तथा भरपर्दो रक्तसञ्चार सेवाको सुदृढीकरण एवं जनस्वास्थ्य सेवाको प्रवर्द्धनमा योगदान पुग्ने बैंकले विश्वास लिएको छ ।

मुक्तिनाथ विकास बैंकले विगतदेखि नै शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रमा विभिन्न सीएसआर कार्यक्रममार्फत सहयोग गर्दै आइरहेको छ ।




धितोपत्र बोर्ड अध्यक्ष भट्टले यसै साता 'थ्री-इन-वान' प्याकेज सार्वजनिक गर्दै, 'थ्री-इन-वान' प्याकेजमा के के छन् ?

Jul 13, 2026 06:06 AM

सुवास निरौला

नेपालको पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) यति बेला 'थ्री-इन-वान' प्याकेज लेख्ने कार्यमा व्यस्त छ।