विद्युत् निर्यातमा नेपाललाई ऐतिहासिक सफलता, एकै वर्षमा २९ अर्ब ३२ करोड आम्दानी

Jul 23, 2026 11:01 AM Merolagani



  आर्थिक वर्ष २०८२/०८३ मा नेपालले विद्युत् व्यापारबाट ऐतिहासिक सफलता हासिल गरेको छ । 

नेपाल विद्युत् प्राधिकरणका अनुसार, विगतका वर्षहरुमा भन्दा उक्त आवमा विद्युत् व्यापारबाट २९ अर्ब ३२ करोड ४७ लाख रुपैयाँ आम्दानी गरेको छ ।

भारतीय खुला बजार र बंगलादेशसँगको व्यापारमार्फत ३ अर्ब ८७ करोड ७४ लाख युनिट बिजुली औसत ७.५६ रुपैयाँमा बिक्री गरिएको हो ।

अघिल्लो वर्षको तुलनामा निर्यात परिमाण ६२.८९ प्रतिशतले वृद्धि भएको छ । २०८१/०८२ मा २ अर्ब ३८ करोड २९ लाख युनिट विद्युत् निर्यात गरी १७ अर्ब ४५ करोड ८७ लाख रुपैयाँ आम्दानी भएको थियो

निर्यातमा भएको वृद्धि र आयातमा आएको संकुचनले गर्दा नेपालको ऊर्जा क्षेत्रमा उत्साहजनक सुधार देखिएको हो ।




भदौ २२ गते यी तीन जिल्लामा हुने भयाे सार्वजनिक बिदा

Sep 03, 2026 02:16 PM

बागमती प्रदेश सरकारले चेपाङ समुदायको प्रमुख पर्व न्वागी (छोनाम) को अवसरमा भदौ २२ गते सोमबार तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।