आधुनिक र वैज्ञानिक बनाउन 'रिस्क बेस्ड सुपरभिजन' (जोखिममा आधारित सुपरीवेक्षण) र नयाँ सेवाहरूको 'पाइलट टेस्टिङ' मोडल अपनाउने घोषणा गरेका छन्।
'मेरो लगानी' सँगको विशेष अन्तर्वार्तामा अध्यक्ष भट्टले अब बोर्डले कुनै पनि नयाँ नीति वा उपकरण (इन्स्ट्रुमेन्ट) ल्याउँदा हचुवाको भरमा नभई त्यसले निम्त्याउन सक्ने जोखिमको गहिरो विश्लेषण गरेर मात्र कार्यान्वयनमा लैजाने बताएका हुन्। उनले नेपाली पुँजी बजारको आगामी कार्यदिशा 'जोखिम न्यूनीकरण' मा केन्द्रित हुने स्पष्ट पारेका छन्।
रिस्क बेस्ड सुपरभिजन: नियमनको नयाँ आधार
डा. भट्टका अनुसार अहिलेसम्म नेपाली बजारमा 'रिस्क' (जोखिम) लाई बुझ्ने र बुझाउने काममा ठूलो कमी छ। उनले अबको नियमनकारी भूमिका परम्परागत नभई जोखिमलाई केन्द्रमा राखेर गरिने बताए। उनले भने, "हाम्रो अबको पूरै प्याराडाइम के हो भन्नुहुन्छ भने— भिजन नै 'रिस्क मिटिगेसन' (जोखिम न्यूनीकरण) हो। अब रिस्क बेस्ड सुपरभिजन हुन्छ र रिस्क बेस्ड नै रेगुलेसन हुन्छ। यो बजारमा रिस्क छ भन्ने कुरा धेरैलाई पढाइएको छैन, त्यसैले रिस्कलाई एड्रेस गर्ने र सबैले आफ्ना रिस्कहरू एनालाइसिस गर्ने गरी हामी अगाडि बढ्दैछौँ।"

यस प्रणाली अन्तर्गत बोर्डले बजारका सहभागीहरू (ब्रोकर, मर्चेन्ट बैंकर, सूचीकृत कम्पनी) लाई उनीहरूको जोखिमको स्तर अनुसार फरक-फरक ढङ्गले सुपरीवेक्षण गर्नेछ। जसले गर्दा बजारमा हुन सक्ने सम्भावित दुर्घटना वा ठूला चलखेललाई समयमै पहिचान गर्न सकिने बोर्डको विश्वास छ।
नयाँ सुविधामा 'पाइलट टेस्टिङ' मोडल
अध्यक्ष भट्टले सर्ट सेलिङ, इन्ट्रा-डे ट्रेडिङ र सेक्युरिटी लेन्डिङ एन्ड बरोइङ (SLB) जस्ता जटिल र उच्च जोखिमयुक्त औजारहरू ल्याउनुअघि सानो स्तरमा 'पाइलट टेस्टिङ' गरिने जानकारी दिए। उनले बजारमा एकैचोटि नयाँ व्यवस्था थोपर्दा त्यसले नकारात्मक असर पार्न सक्ने भएकाले परीक्षणको बाटो रोजेको बताएका हुन्।
सर्ट सेलिङको उदाहरण दिँदै उनले भने, "हामी सर्ट सेलिङमा पनि 'नेकेड सर्ट सेलिङ' हैन कि 'कभर्ड सर्ट सेलिङ' मा जान्छौँ। यी चारवटा स्टेजमा बिस्तारै जान्छौँ र 'पाइलट टेस्टिङ' गर्छौँ। काम सुरु गर्ने तर कन्ट्रोल्ड रूपमा गर्ने हाम्रो नीति हो।"
पाइलट टेस्टिङको अर्थ कुनै नयाँ सफ्टवेयर वा कारोबार विधि सुरुमा निश्चित ब्रोकर वा सीमित कारोबारमा मात्र प्रयोग गरिनेछ। त्यहाँ सफल भएपछि र जोखिमहरू पहिचान भएपछि मात्रै यसलाई देशभरका सबै लगानीकर्ताका लागि खुला गरिनेछ।
ब्रोकर र बैंकको जोखिम वहन क्षमताको परीक्षण
अध्यक्ष भट्टले मार्जिन लेन्डिङ र अन्य नयाँ सुविधा दिँदा ब्रोकरको आफ्नै जोखिम व्यवस्थापन क्षमता कस्तो छ भन्ने कुरा महत्त्वपूर्ण हुने बताए। उनले ब्रोकरले ग्राहकलाई ऋण दिँदा उसको ऋण लिने क्षमता र लगानीको स्रोत जस्ता पक्षको विश्लेषण (KYC/Risk Profile) अनिवार्य रूपमा गर्नुपर्नेमा जोड दिए।
उनले थपे, "ब्रोकरले पनि त रिस्क लिइराखेको छ, इन्भेस्टरले मात्रै लिइराखेको छैन। ओभरअल मार्केटमा यसको रिस्क छ। त्यसैले ब्रोकरको रिस्क मेकानिजम कस्तो छ, मिटिगेटिङ मेकानिजम कस्तो छ, त्यो हेरिन्छ। रेगुलेटरलाई उसले दैनिक र साप्ताहिक रिपोर्ट कस्तो गर्छ, ती सबै चिज हामी ल्याउँदैछौँ।"
प्रविधि र तयारीको समन्वय
अध्यक्ष भट्टले रिस्क बेस्ड सुपरभिजनका लागि बोर्ड आफैँ पनि प्राविधिक रूपमा सक्षम हुनुपर्ने स्वीकार गरे। बोर्डले अबको कारोबारलाई पूर्ण रूपमा 'टेक्नोलोजी बेस्ड' बनाउने र प्रविधिको 'रेडीनेस' (तयारी) हेरेर मात्रै अगाडि बढ्ने बताए।
उनले भने, "दिज अल दिज आर द टेक्नोलोजी बेस्ड ट्रेडिङ्स। यसमा बिना टेक्नोलोजी हामी केही गर्न सक्दैनौँ। टेक्नोलोजी कहाँसम्म रेडी भयो, त्यसको आधारमा मात्र काम अगाडि बढ्छ। हामी भन्दा अरू अगाडि बढिसके भन्लान्, तर हामी सुरक्षित र व्यवस्थित भएर मात्रै पाइला चाल्छौँ।"
अन्तमा, डा. भट्टले लगानीकर्तालाई हतारमा निर्णय नगर्न र बजारको रिस्कलाई बुझ्न आग्रह गरेका छन्। बोर्डले अब ल्याउने हरेक नयाँ प्रोडक्टमा लगानीकर्ताको शिक्षा र सुरक्षालाई पहिलो प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेका छन्। यो 'पाइलट टेस्टिङ' र 'रिस्क बेस्ड' एप्रोचले नेपाली पुँजी बजारलाई हचुवाको भरमा चल्ने प्रणालीबाट मुक्त गरी परिपक्व र विश्वसनीय बनाउने अपेक्षा गरिएको छ।