शुक्रबार नेप्से परिसूचक १२.९६ अंक बढेर २६८५.५४ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स २.४४ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.०० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९७ अंक बढेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन अर्थात बिहीबार ३ अर्ब ३८ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३३७ स्टकको ४६ हजार ७५२ पटकको कारोबारमा ३ अर्ब ७५ करोड ९७ लाख २२ हजार रुपैयाँबराबरको ८८ लाख ५१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
एभरेष्ट कलर लिमिटेडको शेयर यस दिन पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सो कम्पनीको शेयरमूल्य १७० रुपैयाँ ७० पैसा बढेर १ हजार ३०९ रुपैयाँ ३० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस दिन लक्ष्मी भ्यालु फण्ड २ को इकाईमूल्य ८ प्रतिशत बढेको छ भने जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयरमूल्य करिब ७ प्रतिशत बढेको छ। कारोबारमा आएको बोटलर्स नेपाल (तराई) को शेयरमूल्य यस दिन सबैभन्दा बढी ५.३३ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन रिडी पावर कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १७ करोड २६ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यस्तै, यस दिन ग्लोबल आइएमई बैंकको कारोबार रकम १५ करोड रुपैयाँ नाघेको छ भने सेन्ट्रल फाइनान्सको करिब १५ करोड रुपैयाँको शेयर कारोबार भएको छ।
१३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको परिसूचक घटेको छ। यस दिन निर्जीवन बीमा र व्यापार उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक सामान्य बढेको हो।