प्रि ओपन सेसन अपडेटः करिब ४ अंक बढ्यो नेप्से

Aug 05, 2026 10:51 AM Merolagani



बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ४ अंक बढेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात मंगलबार २१.१५ अंक घटेर २६६३.१८ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ३.७७ अंक बढेर २६६६.९५ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.२० अंक बढेको छ।

बुधबार प्रि ओपन सेसनमा ५५ स्टकको ९८ पटकको कारोबारमा २३ लाख ४५ हजार ६०४ रुपैयाँ ६० पैसाबराबरको ३ हजार ४९६ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २६ स्टकको मूल्य बढेको छ भने २६ स्टकको मूल्य घटेको छ। बाँकी ३ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।




कुमारी बैंकले कमायो करिब साढे ७ अर्ब नाफा, वितरणयोग्य मुनाफा कति?

Aug 12, 2026 09:43 AM

कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले सो अवधिसम्ममा करिब साढे ७ अर्ब रुपैयाँ खुद नाफा कमाएको छ।