नेप्से घट्यो, कारोबार रकम भने बढ्यो

Aug 06, 2026 03:09 PM Merolagani



बिहीबार नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात बुधबार सामान्य अंक बढेर बन्द भएको नेप्से, यस दिन भने घटेर बन्द भएको हो।

यस दिन नेप्से परिसूचक १३.८२ अंक घटेर २६५४.१५ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स २.६२ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.०३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९१ अंक घटेको छ।

नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। बुधबार ४ अर्ब ४० करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३४७ स्टकको ६० हजार ३८१ पटकको कारोबारमा ४ अर्ब ६२ करोड २७ लाख ७७ हजार रुपैयाँबराबरको १ करोड ८ लाख ४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनीको शेयरमूल्य यस दिन सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य यस दिन ५३ रुपैयाँ १० पैसा बढेर ४०७ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको छ। यस दिन मूल्य बढेका बाँकी स्टकहरुको वृद्धिदर भने ५ प्रतिशतभन्दा कम रहेको छ। कारोबारमा आएको एलएस होराइजन १२ को इकाईमूल्य यस दिन सर्वाधिक ६.५० प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन रिडी पावर कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ४७ करोड २४ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यस्तै, यस दिन आँखु खोला जलविद्युत कम्पनीको कारोबार रकम साढे २६ करोड रुपैयाँ नाघेको छ भने सोलु हाइड्रोपावरको साढे २३ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ।

१३ उपसमूहमध्ये यस दिन एक उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक ०.५९ प्रतिशत बढेको हो। यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको रिसूचक सर्वाधिक ९३.०४ अंक घटेको छ।




भदौ २२ गते यी तीन जिल्लामा हुने भयाे सार्वजनिक बिदा

Sep 03, 2026 02:16 PM

बागमती प्रदेश सरकारले चेपाङ समुदायको प्रमुख पर्व न्वागी (छोनाम) को अवसरमा भदौ २२ गते सोमबार तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।