मंगलबार नेप्से परिसूचक ७.०६ अंक बढेर २६५४.२८ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स २.७१ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.५३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६८ अंक बढेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन अर्थात गत शुक्रबार ६ अर्ब ७४ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३५६ स्टकको ७० हजार ६९१ पटकको कारोबारमा ७ अर्ब ५ करोड ३ लाख ९८ हजार रुपैयाँबराबरको २ करोड १५ लाख ८९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
मिड सोलु हाइड्रोपावरको शेयर यस दिन सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य यस दिन ७९ रुपैयाँ बढेर ६०६ रुपैयाँमा अन्तिम कारोबार भएको छ। कम्पनीले १५ प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेसँगै लगानीकर्ताहरु आकर्षित भएका हुन्। त्यस्तै, यस दिन फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब ८ प्रतिशत बढेको छ भने मैलुङ्ग खोला जलविद्युत कम्पनीको शेयरमूल्य साढे ५ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको स्नो रिभर्सको शेयरमूल्य यस दिन सर्वाधिक ८.२३ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन हाथवे इन्भेष्टमेन्ट नेपाल शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ४४ करोड ४० लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यस्तै, यस दिन हिमालयन डिष्टिलरीको करिब साढे ४० करोड रुपैयाँको शेयर कारोबार भएको छ भने घलेम्दी हाइड्रोको कारोबार रकम २२ करोड रुपैयाँ नाघेको छ।
१३ उपसमूहमध्ये यस दिन सात उपसमूहको परिसूचक बढेको छ भने छ उपसमूहको परिसूचक घटेको छ। यस दिन अन्य उपसमूहको परिसूचक सर्वाधिक १.३६ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन बैंकिङ्ग, विकास बैंक, होटल तथा पर्यटन, लगानी, जीवन बीमा र लघुवित्त उपसमूहको परिसूचक सामान्य अंक बढेको छ।