सुनचाँदीको मूल्यमा भारि वृद्धि

Aug 11, 2026 10:58 AM Merolagani



साउन २६ गते, मंगलबार, नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा भारि वृद्धि भएको छ। यस दिन सुन प्रतितोला छ हजार ४०० रुपैयाँ र चाँदी प्रतितोला १३५ रुपैयाँले वृद्धि भएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख सात हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबारको बजारमा सुन प्रतितोला तीन लाख एक हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदी प्रतितोला चार हजार ७८० रुपैयाँमा कारोबार भइरहेको छ। साेमबारको बजारमा चाँदी प्रतितोला चार हजार ६४५ रुपैयाँमा कारोबार भएको थियो।

 



भदौ २२ गते यी तीन जिल्लामा हुने भयाे सार्वजनिक बिदा

Sep 03, 2026 02:16 PM

बागमती प्रदेश सरकारले चेपाङ समुदायको प्रमुख पर्व न्वागी (छोनाम) को अवसरमा भदौ २२ गते सोमबार तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।