धुन्चे रुट जोमिखयुक्त: गोसाइकुण्ड जानेका लागि नयाँ मार्गको व्यवस्था

Aug 27, 2026 03:06 PM Merolagani



रसुवा र नुवाकोटमा जारी बाढी र यससँग सम्बन्धित जोखिमका कारण नेपाल पर्यटन बोर्डले गोसाइकुण्ड यात्राका लागि धुन्चे रुटको सट्टा वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ।

बाढी प्रभावित क्षेत्रमा हुनसक्ने खतरालाई ध्यानमा राख्दै अर्को सूचना जारी नभएसम्मका लागि धुन्चे रुट पूर्ण रूपमा नचलाउन र त्यसको सट्टा काठमाडौंबाट दुप्चेश्वर, सिसिपु, तालु, फेदी, र सूर्यकुण्ड पास (४,६७५ मिटर) हुँदै गोसाइकुण्ड (४,३८० मिटर) पुग्ने वैकल्पिक रुट प्रयोग गर्न सुझाइएको छ। फिर्ती यात्राका लागि पनि सोही मार्ग प्रयोग गर्नुपर्नेछ।

पदयात्रीहरूलाई यात्रा अघि स्थानीय अवस्थाको जानकारी लिन, सुरक्षालाई पहिलो प्राथमिकता दिन र अनुभवी पथप्रदर्शक तथा स्थानीय अधिकारीहरूको निर्देशन पालना गर्न जोड दिइएको छ। विशेष गरी नदी किनार, पहिरोको जोखिम भएका क्षेत्र तथा बाढीले असर गरेका अन्य भूभागबाट टाढा रहन आग्रह गरिएको छ। कुनै पनि आपत्कालीन स्थितिमा सहयोगका लागि १००, १११४ वा १०२ नम्बरमा सम्पर्क गर्न सकिनेछ।

 




यस्ता छन् दशैंअघि नै लाभांश वितरण गर्ने तयारीमा रहेका कम्पनी? कसकाे कति?

Aug 25, 2026 05:47 PM

नेपाली पुँजी बजारमा सूचीकृत कम्पनीहरूले गत आर्थिक वर्षको कमाईबाट शेयरधनीहरूलाई प्रतिफल वितरण गर्न थालेका छन् । केही कम्पनीले लाभांश घाेषणा गरिसकेका छन् भने केहीले गर्ने तयारीमा छन् । लगानीकर्ताहरु पनि आफ्नो लगानी भएको कम्पनीको प्रतिफलको पखाईमा छन् ।