तीन समुहबीच भएको तीव्र प्रतिस्पर्धाका बीच नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित

Aug 15, 2026 10:57 AM Merolagani



नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को नयाँ नेतृत्वका लागि भएको निर्वाचनबाट भरतजंग पाण्डे अध्यक्ष पदमा निर्वाचित भएका छन्। 

५९ औँ वार्षिक साधारणसभा तथा २५ औँ कार्यसमिति निर्वाचनअन्तर्गत तीन समूहबीच भएको प्रतिस्पर्धामा पाण्डेले १८८ मत प्राप्त गरी जित हासिल गरेका हुन्। ​अध्यक्ष पदका लागि पाण्डेसँगै जिस्वान तुलाधर र युविका भण्डारीको समूह चुनावी मैदानमा उत्रिएको थियो। ​

निर्वाचनबाट वरिष्ठ उपाध्यक्ष पदमा २५१ मत ल्याएर सुनिल शर्मा विजयी भएका छन्। उपाध्यक्षमा सविता केसी भट्टराई १७७ मत, महासचिवमा राजकुमार देवकोटा १५८ मत, सचिवमा रमेश पराजुली १९५ मत, कोषाध्यक्षमा डिकी शेर्पा २०८ मत र सहसचिव तथा सहकोषाध्यक्षमा जीवन कोइराला १६६ मत ल्याएर निर्वाचित भएका छन्। ​

कार्यसमिति सदस्यहरूमा स्मारिका थापा, प्रकाश लोहनी, नवीन गुरुङ, दिनेश मैनाली, सुमनलाल श्रेष्ठ, स्वस्तिका प्रधान, संकेत दाहाल र विभास पौडेल चयन भएका छन्। ​एभरेस्ट मिराकल ट्राभल एन्ड टुर्सका सञ्चालक पाण्डे पर्यटन व्यवसायमा लामो अनुभव बोकेका व्यवसायी हुन्। यसअघि पनि नाटाको कार्यसमितिमा रहेर उनले विभिन्न प्रवर्द्धनात्मक गतिविधिमा योगदान पुर्‍याउँदै आएका थिए। ​नवनिर्वाचित कार्यसमितिले आगामी दुई वर्षे कार्यकालमा पर्यटन व्यवसायीका समस्या समाधान, नीतिगत सुधार, अन्तर्राष्ट्रिय उडान विस्तार, प्रविधिमैत्री सेवा तथा बजार प्रवर्द्धनका कामलाई प्राथमिकता दिनुपर्ने देखिन्छ।




कुमारी बैंकले कमायो करिब साढे ७ अर्ब नाफा, वितरणयोग्य मुनाफा कति?

Aug 12, 2026 09:43 AM

कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले सो अवधिसम्ममा करिब साढे ७ अर्ब रुपैयाँ खुद नाफा कमाएको छ।