बाढीमा बगेको ‘सेफ’ मा ९२ लाख, तोडफोड गरी पैसा चोरेको आरोपमा २९ जना पक्राउ

Aug 29, 2026 11:34 AM Merolagani



रसुवाको भोटेकोसी नदीमा आएको बाढीले बगाएर ल्याएको ‘सेफ’ तोडफोड गरी पैसा चोरेको आरोपमा प्रहरीले २९ जनालाई पक्राउ गरेको छ । उनीहरूका साथबाट ९२ लाख ६८ हजार ५०५ रुपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

 

बाढीले बगाई ल्याएको पैसा राख्ने सेफ धादिङको गल्छी गाउँपालिका–४, बेल्खुखोलास्थित त्रिशूली नदीको किनारमा स्थानीयले भेटेका थिए । स्थानीयले उक्त सेफ तोडफोड गरी त्यसभित्र रहेको नगद आफूखुसी निकाली चोरी गरेको भन्ने प्रहरीले सूचना पाएको थियो ।

त्यसपछि प्रारम्भिक अनुसन्धानका क्रममा २९ जनालाई नियन्त्रणमा लिई उनीहरूका साथबाट उक्त रकम बरामद गरिएको धादिङ प्रहरीका डीएसपी प्रकाश दाहालले जानकारी दिए ।




यस्ता छन् दशैंअघि नै लाभांश वितरण गर्ने तयारीमा रहेका कम्पनी? कसकाे कति?

Aug 25, 2026 05:47 PM

नेपाली पुँजी बजारमा सूचीकृत कम्पनीहरूले गत आर्थिक वर्षको कमाईबाट शेयरधनीहरूलाई प्रतिफल वितरण गर्न थालेका छन् । केही कम्पनीले लाभांश घाेषणा गरिसकेका छन् भने केहीले गर्ने तयारीमा छन् । लगानीकर्ताहरु पनि आफ्नो लगानी भएको कम्पनीको प्रतिफलको पखाईमा छन् ।