साइडवेज ट्रेण्डमा सोल्टी होटल, प्रतिरोध तोडिने पर्खाइमा लगानीकर्ता, हेरौँ कम्पनी विश्लेषण

Aug 30, 2026 05:31 PM Merolagani



गत साता होटल तथा पर्यटन उपसमूहको परिसूचक सबैभन्दा कम ०.७० प्रतिशत घटेको छ। अघिल्लो साता ७२१४.८७ विन्दुमा बन्द भएको सो उपसमूहको परिसूचक, गत साता ५०.७१ अंक घटेर ७१६४.१६ विन्दुमा झरेको छ।

सोही उपमूहका कम्पनीमध्ये एक हो, सोल्टी होटल लिमिटेड (SHL) ।

गत साता सो कम्पनीको शेयरमूल्य ८ रुपैयाँ ५० पैसा बढेको छ। अघिल्लो साताको अन्तिम कारोबार दिन ५०० रुपैयाँ २० पैसा रहेको यस कम्पनीको अन्तिम शेयरमूल्य, गत साता बढेर ५०८ रुपैयाँ ७० पैसा कायम भएको छ।

 

साइडवेज ट्रेण्ड

कम्पनीको शेयरमूल्य लामो समयदेखि ४८५ देखि ५२० को दायराभित्र साइडवेज रुपमा कारोबार भइरहेको छ। कम्पनीको हालको मूल्य आफ्ना प्रमुख मुभिङ्ग एभरेजहरु (१० दिने, २५ दिने, ५० दिने र १०० दिने मुभिङ्ग एभरेजहरुभन्दा माथि छ। मुभिङ्ग एभरेजहरु एकै ठाउँमा गुजुमुज्झिएर माथितर्फ फर्कन थाल्नुले ठूलो मुभमेन्ट आउन सक्ने संकेत गर्दछ।

प्रतिरोध तोडिने पर्खाइमा लगानीकर्ता

लामो समयदेखि साइडवेज ट्रेण्डमा रहेको यस कम्पनीका शेयरधनीहरु अहिले प्रतिरोध क्षेत्र तोडिने पर्खाइमा रहेका छन्। हाल कम्पनीको प्रतिरोध क्षेत्र ५२० देखि ५४० सम्म रहेको छ। आगामी दिनमा कम्पनीको शेयरमूल्यले सो प्रतिरोध क्षेत्र तोडेर उकालो लागेमा ५८० देखि ६०० को क्षेत्रमा प्रतिरोधको सामना गर्ने देखिन्छ। तर, सो क्षेत्रमा प्रतिरोधको सामना गरी ओरालो लागेमा भने ४७० देखि ४८५ को क्षेत्रमा टेवा पाउने देखिन्छ।

मेरोलगानी एआई चार्ट

मेरोलगानी एआई चार्टले कम्पनीको शेयरमा हालसम्म १५ पटक बाई सिग्नल दिइसकेको छ। सोमध्ये १२ सिग्नलबाट लगानीकर्ताहरुले नाफा कमाएका थिए भने तीन सिग्नलमा लगानीकर्ताहरुले स्टप लस गर्नु परेको थियो। हाल मेरोलगानी एआईले कम्पनीको शेयरमा कुनै सिग्नल दिएको छैन।

सुस्त भोल्यूम

कम्पनीको शेयरमूल्य साइडवेजमा रहदाँ भोल्यूम पनि सुस्त रहेको छ। साताको अन्तिम कारोबार दिन कम्पनीको दैनिक भोल्यूम, २० दिने औषत भोल्यूमभन्दा तल रहनुले बजारमा ठूला खरिदकर्ता तथा बिक्रीकर्ता दुबै सुस्त रहेको संकेत गर्दछ।

सकारात्मक मोमेन्टम

गत साता कम्पनीको एमएसिडी रेखा, सिग्नल रेखा र हिस्टोग्रोम, सबै सकारात्मक क्षेत्रमा रहेका छन्। त्यस्तै, कम्पनीको एमएसिडी रेखा, सिग्नल रेखाभन्दा माथि रहेको छ। यसले कम्पनीको शेयरमा सकारात्मक मोमेन्टम रहेको संकेत गर्दछ।

ओभरबट जोन नजिकै

गत साता कम्पनीको स्टकास्टिक आरएसआई ओभरबट जोन नजिकै बन्द भएको छ। यसले कम्पनीको शेयरमा खरिदकर्ताहरुको पकड रहेपनि अल्पकालीन रुपमा केही नाफा बुक वा करेक्सन हुनसक्ने संकेत गर्दछ।

वित्तीय अवस्था

गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा होटलले ७६ करोड ११ लाख ६ हजार रुपैयाँ नाफा कमाउन सफल भएको छ। अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा ६७ करोड ७ लाख ९ हजार रुपैयाँ नाफा कमाएको यस होटलले सो अवधिसम्ममा खुद नाफा १३.४८ प्रतिशतले बढाएको हो।

सो अवधिसम्ममा कम्पनीले सञ्चालनमार्फत ३ अर्ब १४ करोड ८० लाख रुपैयाँ आम्दानी गरेको छ। गत असार मसान्तसम्ममा होटलको कुल खर्च २ अर्ब २२ करोड ५६ लाख रुपैयाँ रहेको छ। समीक्षा अवधिमा होटलको सञ्चालन मुनाफा बढेर ९१ करोड ५३ लाख रुपैयाँ पुगेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा होटलको प्रतिशेयर आम्दानी ६ रुपैयाँ ४८ पैसा रहेको छ। सो अवधिसम्ममा होटलको बुकभ्यालु २८ रुपैयाँ ५२ पैसा रहेको छ। गत बिहीबारको अन्तिम मूल्यका आधारमा होटलको मूल्य आम्दानी अनुपात ७८.५ गुणा रहेको छ भने प्राइस टु बुकभ्यालु रेशियो १७.८४ गुणा रहेको छ।

आधारभूत अवस्था

हाल नेप्सेमा होटलको ११ करोड ७५ लाख १५ हजार २५४ कित्ता शेयर सूचीकृत छ। गत बिहीबारको अन्तिम मूल्यका आधारमा होटलको कुल बजार पूँजीकरण ५९ अर्ब ७८ करोड ९ हजार ७०९ रुपैयाँ ८० पैसा रहेको छ।

होटलको १८० दिने औषत मूल्य ५०१ रुपैयाँ ६७ पैसा रहेको छ। त्यसैगरी, होटलको पछिल्लो ५२ हप्ताको उच्च मूल्य ५७५ रुपैयाँ रहेको छ भने न्यून मूल्य ४६४ रुपैयाँ रहेको छ।

ब्रोकर नम्बर २९ बाट सर्वाधिक खरिद

यस साता ब्रोकर नम्बर २९ ले होटलको सबैभन्दा बढी ४० हजार ५९८ कित्ता शेयर खरिद गरेको छ। ब्रोकर नम्बर ५८ ले गत साता सर्वाधिक १४ हजार ४८० कित्ता शेयर बिक्री गरेको छ। त्यसैगरी, गत साता ब्रोकर नम्बर ६९ ले कम्पनीको ३९ हजार ९०३ कित्ता शेयर खरिद गरेको छ भने ४४ ले १० हजार ७६५ कित्ता शेयर बिक्री गरेको छ।

न्यूट्रल जोनमा

फियर एण्ड ग्रीड मिटरका कम्पनीको मूल्य अहिले न्यूट्रल जोनमा रहेको छ।

(प्राविधिक विश्लेषणमा प्रयोग गरिएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो भने आधारभूत विश्लेषका लागि प्रयोग भएका चित्रहरु मेरोलगानी डाटा एनालाइटिक्सबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नुअघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)




यस्ता छन् दशैंअघि नै लाभांश वितरण गर्ने तयारीमा रहेका कम्पनी? कसकाे कति?

Aug 25, 2026 05:47 PM

नेपाली पुँजी बजारमा सूचीकृत कम्पनीहरूले गत आर्थिक वर्षको कमाईबाट शेयरधनीहरूलाई प्रतिफल वितरण गर्न थालेका छन् । केही कम्पनीले लाभांश घाेषणा गरिसकेका छन् भने केहीले गर्ने तयारीमा छन् । लगानीकर्ताहरु पनि आफ्नो लगानी भएको कम्पनीको प्रतिफलको पखाईमा छन् ।