सातामा करिब साढे २ प्रतिशत घट्यो नेप्से, कुन उपसमूहको परिसूचक कति बढ्यो? कति घट्यो?

Aug 29, 2026 05:19 AM Merolagani



यस साता नेप्से परिसूचक करिब साढे २ प्रतिशत घटेर बन्द भएको छ। गत साता २६१८.७२ विन्दुमा बन्द भएको नेप्से, यस साता २.३५ प्रतिशत अर्थात ६१.४१ अंक घटेर २५५७.३१ विन्दुमा बन्द भएको छ।

यस साता चार कारोबार दिनका लागि बजार खुलेको थियो। जसमध्ये चारै कारोबार दिन नेप्से घटेर बन्द भएको थियो।

 

यस साता फ्लोट इण्डेक्स १०.२४ अंक घटेको छ भने सेन्सेटिभ इण्डेक्स ४.५० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.७३ अंक घटेको छ।

नेप्सेसँगै यस साता कारोबार रकम पनि घटेको छ। गत साता दैनिक औषतमा ४ अर्ब ४९ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ३ अर्ब ९७ करोड रुपैयाँको शेयर किनबेच भएको छ। गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम ११.४८ प्रतिशत कम हो। त्यस्तै, यस साता दैनिक औषत शेयर संख्या ४.६८ प्रतिशत घटेको छ भने दैनिक औषत कारोबार संख्या १.७९ प्रतिशत बढेको छ।

यस साता नेप्सेको कुल बजार पूँजीकरण पनि करिब साढे २ प्रतिशत घटेको छ। गत साताको अन्तिम कारोबार दिन ४५ खर्ब ४ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता १ खर्ब ५ अर्ब रुपैयाँ घटेर ४३ खर्ब ९८ अर्ब रुपैयाँमा सीमित भएको छ।

१३ उपसमूहमध्ये यस साता एक उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ। यस साता उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ०.५५ प्रतिशत बढेको छ। गत साता १० हजार ३५४.५६ विन्दुमा बन्द भएको सो उपसमूहको परिसूचक, यस साता ५७.४५ अंक बढेर १० हजार ४१२.०१ विन्दुमा पुगेको छ।

यस साता निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ६.५८ प्रतिशत घटेको छ। गत साता १० हजार ४१९.१४ विन्दुमा बन्द भएको सो उपसमूहको परिसूचक, यस साता ६८५.३६ अंक घटेर ९७३३.७८ विन्दुमा झरेको छ। अंकका आधारमा पनि यस साता सोही उपसमूहको परिसूचक सर्वाधिक घटेको हो। त्यस्तै, यस साता म्युचुअल फण्ड र जलविद्युत उपसमूहको परिसूचक करिब ५ प्रतिशत घटेको छ।

यस साता दुई कम्पनीको कुल ८५ लाख ५ हजार ७४९.१९ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ। यस साता चिलिमे हाइड्रोपावर कम्पनी र प्रभु इन्स्योरेन्सको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो।

यस साता पनि सर्वोत्तम पेन्ट्सको शेयरमूल्य सर्वाधिक ७४.८७ प्रतिशत बढेको छ। गत साता ७९७ रुपैयाँ ६० पैसामा अन्तिम कारोबार भएको यस कम्पनीको शेयर, यस साता १ हजार ३९४ रुपैयाँ ८० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस साता सिवाईसी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ। कारोबारमा आएको रसुवागढी हाइड्रोपावर कम्पनीको शेयरमूल्य यस साता सर्वाधिक २४.४७ प्रतिशत घटेको छ। त्यसैगरी, यस साता मैलुङ्ग खोला जलविद्युत कम्पनीको शेयरमूल्य करिब साढे २३ प्रतिशत घटेको छ भने त्रिशुली जलविद्युत कम्पनीको मूल्य २२ प्रतिशत घटेको छ।

फ्लोरसिट विश्लेषण गर्दा यस साता सोल्टी होटल, सर्वोत्तम पेन्ट्स, अप्पर साङ्गे हाइड्रोपावर लगायतका स्टकहरु मोस्ट पपुलर बाइ स्टक सूचीको शीर्ष स्थानमा रहेका छन् भने मकर जितुमाया सुरी हाइड्रोपावर, पियोर इनर्जी, मिथिला लघुवित्त वित्तीय संस्था लगायतका स्टकहरु मोस्ट पपुलर सेल स्टक सूचीको शीर्ष स्थानमा रहेका छन्।




यस्ता छन् दशैंअघि नै लाभांश वितरण गर्ने तयारीमा रहेका कम्पनी? कसकाे कति?

Aug 25, 2026 05:47 PM

नेपाली पुँजी बजारमा सूचीकृत कम्पनीहरूले गत आर्थिक वर्षको कमाईबाट शेयरधनीहरूलाई प्रतिफल वितरण गर्न थालेका छन् । केही कम्पनीले लाभांश घाेषणा गरिसकेका छन् भने केहीले गर्ने तयारीमा छन् । लगानीकर्ताहरु पनि आफ्नो लगानी भएको कम्पनीको प्रतिफलको पखाईमा छन् ।