यात्रुको चाप बढेसँगै भरतपुरबाट उडान दोब्बरभन्दा बढी गरिएको छ । भरतपुरबाट काठमाडौंका लागि बुद्ध एयरको मात्रै जहाज सञ्चालन हुँदै आएका छन् ।
बुद्ध एयर भरतपुर कार्यालयका प्रमुख भक्तबहादुर बस्नेतका अनुसार सामान्य अवस्थामा भरतपुरबाट काठमाडौंका लागि दैनिक पाँच उडान हुँदै आएकोमा सडक असहज बनेसँगै संख्या बढाएर ११ वटासम्म पुर्याइएको छ ।
दैनिक उडान आवश्यकताअनुसार ९ देखि ११ सम्म पुर्याइएको उनले जानकारी दिए ।
यहाँबाट काठमाडौं आवतजावत गर्ने ‘एटीआर ७२’ जहाज हो । यसले काठमाडौंबाट आउँदा ६५ देखि ७० र यहाँबाट काठमाडौं जाँदा ५० जना यात्रु ओसार्ने गर्छ । क्षमता ७२ जनाको भए पनि धावन मार्ग छोटो भएका कारण क्षमता अनुसारको यात्रु ओसार्न सक्दैन ।